वैशाख १३ गते मध्यराती बाबुराम भट्टराईको जीवनमा नसोचेको घटना घटेको खुलासा, उनी यस्तो भन्छन्

राजनीति

२४ जेठ, काठमाडौं
पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी जसपाका संघीय परिषद‍् अध्यक्ष डा. बाबुराम भट्टराईले एक बिशेष खुलासा गर्ने बताएका छन् । गत वैशाख १३ गते करिब मध्यरातमा आफ्नो जीवनमा नसोचेको घटना घटेको उनले बताएका हुन् । त्यो घटना के थियो भन्नेबारे भने उनले अहिले नबताउने बताएका छन् ।

यस्तै, भट्टराईले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा देशमाथि गम्भीर षड्यन्त्रको तानाबाना बुन्ने काम भइरहेको बताएका छन् । तर उनले त्यो कस्ता गम्भीर घात हो भन्नेबारे प्रष्ट भने पारेका छैनन् ।

‘यो देशमाथि गम्भीर घात गर्ने षड्यन्त्र भइरहेको छ,’ भट्टराईले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘यसबारे मैले प्रधानमन्त्रीसँगै राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि जानकारी गराइसकेको छु ।’

यसबारे सार्वजनिक गर्न अहिले हतारो हुने र समय आएपछि प्रष्ट पार्ने डा। भट्टराईको भनाइ छ । देशलाई अहिलेको षड्यन्त्रबाट बचाउन गम्भीर कदम चाल्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरे त्यस्ता षड्यन्त्र चिर्न सकिने भट्टराईको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *