देशमाथि गम्भीर घात गर्ने षड्यन्त्र, प्रधानमन्त्रीसँगै राजनीतिक दलका शीर्ष नेताहरूलाई अलर्ट

राजनीति

२४ जेठ, काठमाडौं
कोरोना भाइरस महामारीसँगै देशको आन्तरिक राजनीतिले गम्भीर मोड लिएका बेला एक पूर्वप्रधानमन्त्रीले सनसनीपूर्ण खुलासा गरेपछि देशभर तरंग फैलिएको छ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद‍् अध्यक्ष डा. बाबुराम भट्टराईले देशप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको खुलासा गरेपछि नेताहरुदेखि सर्वसाधारण झस्किएका हुन् । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राजनीतिक दलका नेतासम्मलाई अवगत गराएको भट्टराईले जनाएका छन् ।

 

भट्टराईले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा देशमाथि गम्भीर षड्यन्त्रको तानाबाना बुन्ने काम भइरहेको बताएका हुन् । तर उनले त्यो कस्ता गम्भीर घात हो भन्नेबारे प्रष्ट भने पारेका छैनन् ।

‘यो देशमाथि गम्भीर घात गर्ने षड्यन्त्र भइरहेको छ,’ भट्टराईले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘यसबारे मैले प्रधानमन्त्रीसँगै राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि जानकारी गराइसकेको छु ।’

यसबारे सार्वजनिक गर्न अहिले हतारो हुने र समय आएपछि प्रष्ट पार्ने डा। भट्टराईको भनाइ छ । देशलाई अहिलेको षड्यन्त्रबाट बचाउन गम्भीर कदम चाल्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरे त्यस्ता षड्यन्त्र चिर्न सकिने भट्टराईको भनाइ छ । वैशाख १३ गते करिब मध्यरातमा आफ्नो जीवनमा नसोचेको घटना घटेको पनि उनले बताएका छन् । त्यो घटना के थियो भन्नेबारे पनि उनले अहिले नबताउने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *