एमाले अध्यक्ष ओलीका यी ६ प्रस्ताव, एमाले फुटाउने खाेज्नेलाई लाग्याे झड्का

राजनीति

काठमाडाैं, जेठ २४

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘बाेल्ड निर्णय’ गर्नुभएकाे छ ।

अध्यक्ष ओलीकाे ‘बाेल्ड निर्णय’ले एमाले विभाजन गर्न खाेज्नेहरुलाई ठूलै झड्का दिएकाे छ । माग पूरा भएनन् भनेर विपक्षी गठबन्धनसँग साँठगाँठ गर्ने माधव गुटलाई झनै ठूलाे झड्का लागेकाे छ । किनकी अध्यक्ष ओलीकाे प्रस्तावले माधव गुटका सबै माग सम्बाेधन गरेकाे छ । गुनासाे गर्ने ठाउँ दिएकाे छैन ।

पार्टीप्रति माधव गुट कति वफादार छ भन्ने देखाउन अध्यक्ष ओलीका ६ बुँदे प्रस्ताव माधव गुटका लागि अग्निपरीक्षा जस्तै बन्ने छन् । किनकी एमालेलाई एक ढिक्का बनाउन र पार्टी हितविपरित गतिविधि गरिरहेकाे माधव गुटलाई सही बाटाेमा ल्याउन अध्यक्ष ओलीले छाती चाैडा पार्ने प्रस्ताव अगाडि सार्नुभएकाे छ ।

पार्टी एकताका लागि आफू ०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको लगायत प्रस्तावसँगै अब माग पूरा भएनन् भनेर वक्तव्यवाजी गर्ने छुट माधव गुटले पाउने छैन । एमाले फुटाएर अर्काे पार्टी खाेल्ने तयारीमा रहेकाे माधव गुटलाई अब कुनै बहानामा पार्टी विभाजन गर्ने छुट पनि हुने छैन ।

पार्टी एकताको पक्षमा निरन्तर पहल गर्ने नेताहरुका भावना र सुझावलाई समेत ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न ती प्रस्ताव अगाडि सारिएकाे अध्यक्षले उल्लेख गर्नुभएकाे छ । पार्टी एकताका लागि आफू ०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको अध्यक्ष ओलीले उल्लेख गर्नुभएकाे छ ।

यस्ता छन् अध्यक्ष ओलीका प्रस्ताव:

१. नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।

२. मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।

३. संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।

४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसद्हरुको हस्ताक्षर फिर्ता हुने छ ।

५. यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्बाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।

६. नेकपा (एमाले) लाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *