‘तत्काल सैनिक शासन लागू गर्नुपर्यो’ भन्दैँ नेपाली सेनालाई कस्ले पठायो चिठ्ठी ? मुलुकभर मचियो हङगामा !

प्रधानसेनापति थापाले अकस्मात दिए सेनालाई सतर्क रहन निर्देशन।।तयारी यस्तो छ?

राजनीति समाचार समाज

२३ जेठ, काठमाडौं । संसद विघटनपछि ब्युतिएको परिस्थितिले अब नेपालमा सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको छ ।

आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने देखिएकाले नेपाली सेना चौबीसै घण्टा सजग र सतर्क हुनुपर्ने बताए ।

उनले भने पछिल्लो घटना ‘परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ’। उन अझै थपे ‘नेपाली सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको छ।’

जस्तोसुकै सुरक्षा चुनौती आएपनी अडिक रहेर नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नगई सुरक्षा दिने पनि बताएका छन् । उनले भने, ‘हरेक संकटमा सेनाको दायित्व र जिम्मेवारी संविधानले प्रष्ट गरेको छ ।’

सोही अवसरमा प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको बताएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी भदौ २४ मा अनिवार्य अवकासमा जांदैछन् ।

प्रधानसेनापति थापाले अवको दुई महिना नेतृत्व हस्तान्तरणलाई कसरी प्रभावकारी बनाउनेमा केन्द्रित हुने बताए । थापाले प्रभुराम शर्मालाइ प्रधानसेनापतिमा सिफारीस गर्ने सम्भावना बढेको छ ।

आफुपछिको प्रधानसेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई बनाउने स्पष्ट संकेत थापाले गरेका छन् । प्रधानसेनापतिले आफु बिदामा बस्नुअघि नै शर्माको नाम सेनापतिमा सिफारीस गर्ने तयारी गरेका छन् ।

तर,त्यो प्रक्रिया भने कहिले सुरु हुन्छ थापाले केही खुलाएका छैनन् ।
प्रधानसेनापति थापा आफ्नो कार्यकाल लम्बाउन दौडमा लागेको चर्चा चलेपनि उनले सार्वजनिक रुपमा नै नेतृत्व हस्तान्तरण समयमै गर्ने घोषणा गर्नुले त्यो आरोपलाई गलत सावित गरेका छन् ।

थापाले आफ्नो कार्यकाल सकिनुअघि नै शर्माको नाम सेनापतिमा सिफारीस गरेमा यो विषय सेनामा नौलो र पहिलो हुनेछ । सेनामा दुई जना रथीको दरबन्दी छ । सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् ।

उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।शर्माले अहिले दोहोरो जिम्मेवारी सम्हालि रहेका छन् । उनले भारत र अमेरिकाबाट अधिकांश कोर्स गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *