राजाले उपयुक्त समयमा आफ्नो धारणा सहित जनतालाई सम्बोधन गरिबक्सन्छ

राजाले उपयुक्त समयमा आफ्नो धारणा सहित जनतालाई सम्बोधन गरिबक्सन्छ

राजनीति समाचार

काठमाडौ,  मैले राज संस्था बारे विभिन्न भनाइ र अन्तरबार्ताहरु सुने। राजा किन चुप लागेर बसेका छन? किन जनतालाई आफ्नो स्पष्ट धारण राख्नु हुन्न वा राजालाई राजा बन्न मन छ कि छैन? मेरो बिचारमा राजाले नेपाल चलाउन सक्ने विश्वास्त ब्यक्तिहरु पाहुनु भएको छैन।

राजालाई पनि राम्रो थाहा छ नेताहरु सजिलै बिदेशी शक्ति केन्द्रहरु सङ बिक्छन। वहाँको आफ्नै तितो अनुभव पनि छ। वहाँलाई चाहिएको बखत सेना देखि सबै छेत्रबाट धोका भएको।

अब छोटकरीमा राजालाई त्याग गर्न सक्ने, कुनै पनि शक्ति केन्द्रहरु सङ नबिक्ने, पद्लुप्त नभएका परिचालित भन्दा स्वचालित ब्यक्तित्वहरु जो देश र जनता प्रति ईमानदार र बफादार रहि नेपालीहरुले राज संस्था माथि राखिएको आस्थालाई सम्बोधन गरि पुनःस्थापन भएको राज संस्थालाई संस्थागत गर्न सक्ने ब्यक्तित्वहरुको खोजीमा हुनु हुन्छ होला।

नत्र उहीँ लोभी पापी ब्यक्तिहरु हाबी भइ राज संस्था कै बदनाम गर्ने र फेरि राज संस्था डुबाउने परिचालित ब्यक्तित्वहरुले चलखेल गर्दा भोलि राज संस्था मात्र नभई देश कै अस्तित्व पनि धरापमा पर्छ भन्ने राम्रो ज्ञान छ जस्तो लाग्छ र त्यो परिस्थिति आहुनु भन्दा चुप लागेर धैर्य धारण गरि उपयुक्त समयमा आफ्नो धारण सहित नेपाली जनताहरु लाई सम्बोधन गरिबक्सेला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *