badal

गृहमन्त्री बन्ने दौडमा बादलको इन्ट्रि पछि महेश बस्नेत र सिलवालको किचलो

राजनीति समाचार

काठमाडौं, । शुक्रबार साँझ मन्त्रीपरिषद विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य तथा सामन्य प्रशासन मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । बाँकी रहेका मन्त्रालयहरु मध्य गृहमन्त्रीको कुर्सीमा को आसिन हुन्छन् । त्यसमा सबैको चासो छ ।

बालुवाटार निकट स्रोतको दाबीलाई मान्ने हो भने गृहमन्त्री बन्ने दौडमा पछिल्लो संकटमा प्रधानमन्त्री ओलीलाई चट्टानी साथ दिएका एमाले युवा नेता महेश बस्नेत सबैभन्दा अगाडि छन् । प्रधानमन्त्री ओली शुक्रबार नै बस्नेतलाई गृहमन्त्रीको सपथ गराउने योजनामा थिए तर, पार्टीभित्रकै नेताहरुको असहमति पछि मात्रै ओली आफ्नो निर्णयबाट पछी हटेका हुन् ।

अर्कोतिर तत्कालीन शेर बहादुर देउवा नेतृत्व सरकारले प्रहरी महानिरीक्षकको नियुक्ति गर्दा तत्कालीन डिआइजी नवराज सिलवाललाई अन्याय गरेको भन्दै ओलीले सिलवाललाई गृहमन्त्री बनाएर देखाइदिने बताएका थिए । तत्कालीन माओवादीसँग एकता गरेपछि सिलवालको गृहमन्त्री बन्ने अभियानमा ब्रेक लागेपनि सर्वोच्च अदालतको आदेशसँगै नेपाल एमाले र माओवादी केन्द्र बनेसँगै पूर्व डिआइजी सिलवालले पनि आफ्नो वचन पुरा गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिंदै आएका छन् ।

पार्टीभित्रको वरियतामा सबैभन्दा जुनियर रहेर पनि प्रधानमन्त्री ओलीको अनुग्रह भएपछि गृहमन्त्री बन्न लागेका बस्नेतलाई रोक्न पार्टीभित्रका नेताहरु सक्रिय बन्दा पनि सिलवालको सम्भावना बढेर गएको जनाइएको छ । बस्नेतलाई गृहमन्त्री बन्न बाट रोक्न एमालेका दोस्रो तहका नेताहरु लगभग सहमत भएको स्रोतको दाबी छ । यसले पनि प्रधानमन्त्री ओलीले नयाँ गृहमन्त्री नियुक्त गर्न नसकेका हुन् ।

अर्कोतिर सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका पूर्वमाओवादी नेता राम बहादुर थापा बादलले पनि गृहमन्त्री मै दोहोरिने ईच्छा देखाइरहेको स्रोतले दाबी गरेको छ । शुक्रबार अपरान्ह मात्रै प्रधानमन्त्री ओलीसँग भेटेर नै पूर्व गृहमन्त्री थापाले पुनः गृहमन्त्री बन्ने आफ्नो ईच्छा रहेको बताएको भएपनि प्रधानमन्त्री भने यसम मौन बसेको जनाइन्छ । स्रोतका अनुसार पूर्व माओवादी खेमाबाट मन्त्री बन्ने सम्भावना लगभग असम्भव भैसकेको छ ।

बाँकी रहेका अन्य मन्त्रालयहरुको हकमा भने रक्षा मन्त्रालय भन्दा बाहेकका अन्य मन्त्रालयहरु भने माधव नेपाल समूह परित्याग गरेर आउने नेताहरु र सञ्चार मन्त्रालय भने राप्रपा अध्यक्ष कमल थापाको लागि खाली राखिएको स्रोतको दाबी छ । तर, सबैभन्दा रोचक दौड भने गृहमन्त्री मै देखिएको छ । नयाँ गृहमन्त्रीको दाबेदार बस्नेत र सिलवाल मध्य कसले बाजी मार्ने हो त्यो भने आगामी दिनमा प्रष्ट हुनेछ । https://dainiknewsnepal.com/ बाट साभार गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *