राजेन्द्र महतो विरुद्ध राजद्रोहको मुद्दामा सर्वोच्चमा रिट, २५ वर्षसम्म कैद सजायको माग।

राजनीति समाचार समाज स्वास्थ्य

काठमाडौं।
उपप्रधानमन्त्री राजेन्द्र महतो विरुद्ध राजद्रोहको मुद्दामा सर्बोच्चमा रिट परेको छ । नेपाल बहुल राज्य भएको अभिव्यक्ति दिएका महतो उपर सत्तापक्ष र विपक्षबाट नै सर्वोच्चमा रिट परेको छ ।

नबनियुक्त उप प्रधानमन्त्री राजेन्द्र महत्तोले नेपाल बहुराज्य मुलुकको रुपमा संविधानमा स्थापित नभए सम्म आन्दोलन जारी रहने अभिव्यक्ति दिएका छन ।
उनले बहुराज्य नहुदा सम्म आफुहरुका अधिकार र माग पूरा नहुने भन्दै आन्दोलन जारी राख्ने बताएपछि मन्त्रीको बनेको २ दिन नपुग्दै विवादमा तानिएका छन ।

नाकाबन्दीको समयमा बिरगंज रक्सोलमा बसेर नेपालको संविधान जलाएका महत्तो सोही संविधानको धारामा टेकेर मन्त्री बनेका छन र अझै पनि उनले राष्ट्रघाती अभिव्यक्ति दिईरहेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रीपरिषद् पुर्नगठनप्रति नयाँ पार्टी ,नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

असंवैधानिक रुपमा संसद विघटन गरि निर्वाचन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गरेको भन्दै ध्यानाकर्षण जनाएको हो।

सम्मानित सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा यसरी सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम भएको नयाँ पार्टी ,नेपालको ठहर छ।

महतोलाई २४ घण्टाभित्र उप–प्रधान एवम् सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्न समेत समेत पार्टीले सरकारका ध्यानकर्षण गराएको छ।

साथै वर्तमान सरकारका उप-प्रधान एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गर्ने क्रममा नेपालमा बहुराष्ट्रिय राज्य प्राप्तिको लागि मुक्ति आन्दोलन गर्नु पर्ने भन्ने भनाई प्रति सो पार्टीले आपत्ति प्रकट गरेको छ।

अन्यथा जनताले जनताको तर्फवाट आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षरित विज्ञप्तिमा जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *