लगातार १०औं जित सहित शिर्ष स्थानमा पुग्यो सन्दिपको मेलवर्न स्टार्स , सन्दिपले लिए १ विकेट

खेलकुद

काठमाडौं : अस्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले १०औं जित निकालेको छ। स्टार्सले पर्थ स्कोचर्सलाई १० रनले पराजित गर्दै लगातार जित निकालेको हो।

शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको मेल्बोर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। जवाफमा पर्थ सोचर्सले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रनमा मात्रै बनाउन सक्यो। स्कोचर्सका लागि क्यामेरन ब्यांक्रफ्टले ३२ रन जोडे। त्यस्तै कुर्तिस प्याटर्सनले २० रन बनाए भने लिआम भिङ्स्टोनले १८ रन जोडे।

स्कोचर्सलाई रोक्न स्टार्सका निक म्याडिसनले ३ विकेट झारे। ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए। त्यस्तै सन्दीप लामिछानेले १ विकेट हात पारे। यसअघि ब्याटिङ गरेको स्टार्सका लागि ओपनर कर्टराइटले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले खासै राम्रो खेल्न सकेनन् । कर्टराइटले भने ५६ बलमा ५८ रन जोडे । स्टोनिस ६, कउल्टर ७, मिड्डीसन ३ रनमा आउट हुन पुगे । कप्तान ग्लिन क्याक्सेल २५ र लार्किनले २४ रन जोडे ।

यो जितसँगै स्टार्सले ११ खेलबाट १० खेलमा जित निकाल्दै २० अंक जोडेर शीर्षस्थानमा कायमै छ। स्कोचर्स भने समान खेलबाट १० अंकसहित चौँथो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *