ओलीले पद जोगाउन मोदीसँग यस्तो सेटिंङ गरेको खुलासा, यस्तो छ गोप्य सहमति

राजनीति समाचार

जेठ २३, काठमाण्डौ
जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री नियुक्त भएकामा भारतले बधाई दिएको छ ।

नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले शुक्रबार मन्त्री पदको सपथ लिएलगत्तै टेलिफोन गरी महतोलाई बधाई दिएका हुन् । महतोले वर्तमान कामचलाउ सरकारमा जनता समाजवादी पार्टी ९जसपा० को तर्फबाट नेतृत्व गरेका छन् ।

‘माननीय मन्त्रीज्यूलाई भारतीय राजदूतले टेलिफोन गरी बधाई दिनुभएको छ’, महतोका एक सहयोगीले भने । मन्त्री नियुक्त हुनुअघि महतो र जसपा अध्यक्ष महन्थ ठाकुरले राजदूत क्वात्रालाई लैनचौरस्थित दूतावासमा भेटेका थिए ।

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समान्त गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको गोप्य भेटपछि परिवर्तन हुन थालेको नेपालको राजनीतिक परिदृश्यसँगै ओली र जसपाबीचको तिक्ततापूर्ण सम्बन्ध सुमधुर बन्दै आएको थियो ।

सरकारमा सहभागी नहुने र वैकल्पिक सरकार गठन प्रक्रियामा तटस्थ बस्ने पार्टीको घोषित नीतिविपरीत ठाकुर–महतो पक्षले ओलीसँग सत्ता सहकार्य गरेको हो । एउटा पक्ष सरकारमा सहभागी भएसँगै जसपा करिब विभाजनको संघारमा पुगेको छ ।

यता जसपा नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पार्टीको मुल धार सरकारमा गएपछि छट्पटिएका छन् । प्रथम अध्यक्ष महन्थ ठाकुरलाई रोक्न विभिन्न प्रयास गरे पनि, बालुवाटार गएर प्रधानमन्त्री केपी ओलीलाई अनुनय विनय गरे पनि रोक्न नसकेपछि बाबुरामले सामाजिक सञ्जालमा म्याउ गरेका छन् ।

संविधान जारी हुँदा मधेसी दल ब्ल्याक आउटमा व्यस्त रहँदा केपी ओलीले दीपावली मनाएको स्मरण गर्दै बाबुरामले ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाटी कसरी जोडियो ’ भन्दै प्रश्न गरेका छन् ।

बाबुरामले यो प्रश्न गरेपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । एक प्रयोगकर्ताले भनेका छन्, डा। बाबुराम भट्टराईले ट्वीटरमा यक्ष प्रश्न सोध्नुभएछ – संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घॉटी कसरी जोडियो

तपाईमा हाम्रो प्रश्न, गौर हत्याकण्डमा मारिने माओवादीका डा। बाबुराम र मार्ने मधेशी फोरमका उपेन्द्र यादव एकै ठाम भएजस्तै । टाउकोको मोल ५० लाख टोकेर आतंककारी घोषणा गर्ने र ४० बुँदे माग प्रस्तुत गर्दै धनयुद्धमा होमिनेको टाउको कसरी जोडियो ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *