अन्ततः बाबुराम भट्टराईले पनि राजाको बारे मुख खोले, अनुमानको भरमा ज्ञानेन्द्रलाई हत्यारा भनेर गल्ती गरेको स्वीकार।।

राजनीति

काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले दरबार हत्याकाण्डको बारेमा मुख खोलेका छन ।
तत्कालिन महाराजधीराज ज्ञानेन्द्र शाहको संल’ग्नता बारे आंफ्नो लेख ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं!’ मा आँफूले तथ्य र प्रमाणको आधारमा आक्षेप नलगाएको बताएका छन्। उनले उक्त लेखमा महाराजधीराजको संलग्नता एउटा ‘इन्लाइटण्ड गेस’(अनुमान) मात्र भएको प्रष्ट पारेका छन्।

उनले‘२१ औं सताब्दीमा आइसक्दा पुरानो राजतन्त्र थोत्रो भइसकेको थियो। त्यो दरबार भित्रकै कारणले भएको घटना आफुले अनुमान गरेर ज्ञानेन्द्रलाई दोषी हुन सक्ने
बताएको स्वीकार गरेका छन ।

भट्टराईले उक्त लेखले महाराजधीराजलाई अन्याय भएको हुनसक्ने भन्दै भेटेर नै त्यसबारे कुरा गर्ने र उहाँको भावना बुझ्ने इच्छा भएको बताए। उनले देशमा भएका ठूला घोटाला, काण्ड र रहस्यमा रहेका घटनाहरु सबैको छानबिन गर्न आँफू तयार रहेको पनि बताए।

दरबार हत्याकाण्ड घटेको ५ दिन पछि, ज्ञानेन्द्र शाह राजा भएको दुई दिन पश्चात अर्थात २४ जेठ २०५८ को बिहान कान्तिपुर दैनिकमा तत्कालीन माओवादी सह-कमाण्डर भट्टराईले महाराजधीराज ज्ञानेन्द्रलाई ‘हत्यारा’ शब्दको उल्लेख नगरी हत्यारा भएको आरोप लगाएका थिए। ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं!’ शिर्षकको त्यो लेखले सत्यता भन्दा पनि राजसंस्थालाई नामुट पार्ने र माओवादी बि’मद्रोहलाई बल दिने ‘इतिहासको उत्पादन’ गरेको थियो।

भट्टराईले पूर्वमहाराजधीराज प्रति उच्च सम्मान रहेको बताएका छन्। भट्टराईले शाहले समय दिए उहाँसँग छलफल गर्ने इच्छा प्रकट गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *