कांग्रेस सरकारमा जाँदै, बाँकी रहेका मन्त्रालयमा यी हुन मन्त्री बन्ने नेताहरु (सूचीसहित)

राजनीति समाचार

२२ जेठ
नेपाली कांग्रेस सरकारमा जाने भएको छ । कांग्रेसले कर्णाली सरकारमा सहभागिता जनाउने निर्णय गरेको हो । सो पार्टीले सरकारमा मन्त्री बन्ने सांसदहरुको नाम पनि टुंगो लगाएको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

आज बेलुका बस्ने प्रदेश मन्त्रीपरिषद्को बैठकले बीसी र श्रेष्ठलाई मन्त्री नियुुक्त गरेर आइतबार सपथ खुवाउने तयारी गरेको बुझिएको छ । कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो ।

त्यसक्रममा नेकपा एमालेको माधव नेपाल समूहका चारजना सांसदले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाइदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *