यी हुन् बाहिरिएका केपी ओलीका सारथी यस्तो छ बाहिरिनुको रहस्य, (प्रमाण सहित)

राजनीति

जेष्ठ २२, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद विस्तार गरेका छन् ।

चार मन्त्रीबाहेक सबैलाई मन्त्रिपरिषदबाट हटाइएको छ । जसमध्ये अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबै मन्त्री पदमुक्त भएको ओली निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी ९जसपा० का ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई आजै बेलुकी शपथ गराउने तयारीमा जुटेका छन् ।

एमालेबाट उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने भएका छन् । शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
बाहिरिने एमालेका मन्त्रीहरुमा हृदयेश त्रिपाठी, पदमा अर्याल, शिवमाया तुम्बाहाम्फे, प्रदीपकुमार ज्ञवाली, ईश्वर पोखरेल, पार्वत गुरुङ लगायत पर्नेछन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारका महत्वपूर्ण सारथी मानिँदै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आजकोे मन्त्रिपरिषद विस्तारपछि सरकारबाट बाहिरिने भएका छन् । यसको सट्टा अर्थमन्त्री विष्णु पौडेललाई सिनियर उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

सरकारबाट हटेका नेतालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने स्रोतले बताएको छ । नेकपा एमालेमा चर्किएको विवादपछि खालि रहेका ठाउँमा आफ्ना विश्वास पात्र राख्न सरकारबाट फिर्ता बोलाएको स्रोतको दाबी छ । असन्तुष्ट समूहका नेताले नयाँ पार्टी गठन गर्ने चर्चाका बीच आज सरकारबाट फिर्ता बोलाइएका नेता तथा माओवादीबाट एमालेमा प्रवेश गरेका नेता तिनको ठाउँ ओगट्ने बताइन्छ ।

सरकारको उपप्रधानमन्त्री भने तीनजना बनाइने भएको छ । विष्णु पौडेल सिनियर उपप्रधानमन्त्री बन्ने भएका छन् भने जसपाका राजेन्द्र महतोलाई पनि उप–प्रधानमन्त्री बनाइएको छ ।

महतोलाई समानान्तर पोजिसनमा राख्नका लागि यसअघि मन्त्रीबाट हटाइएका रघुवीर महासेठलाई उप–प्रधानमन्त्री बनाएर ल्याइँदैछ । यसअघि महासेठकी पत्नी जुली महतो मन्त्री बनेकी थिइन् । जुलीलाई हटाएर पतिलाई ल्याइएको छ ।

आज विस्तार हुने मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ । प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *