बालबालिकालाई घरभित्र यसरी खुसी राख्न सकिन्छ, समय मिलाएर पढ्नुहोस्

समाचार

जेठ २२, काठमाण्डौ
कोरोना महामारीका लगाइएको निषेधाज्ञाले विद्यालय बन्द छ । दिनहुँ विद्यालय जाने बालबालिकाले घरभित्रै बस्नुपरेको छ । जसका कारण धेरैजसो बालबालिकामा मनोसामाजिक समस्या देखा पर्न थालेको छ ।

बालबालिकामा हाम्रो विद्यालय किन बन्द भएको होला अब कहिले खुल्छ होला अब हामी विद्यालय जान पाउँदैनौँ कि साथीभाइसँग भेट्न पाउँदैनौँ कि विगतका जस्तो दिन आउँदैन कि हामीले किन घरभित्रै बसिरहनुपरेको होला रु भन्ने जस्ता डर र चिन्ता देखा पर्न सक्छन् ।

जसले गर्दा पिर लाग्ने, डर लाग्ने, एकदमै असजिलोपन हुने, कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या मानसिक रूपमा देखा पर्न सक्छन् भने शारीरिक रूपमा पनि यसको असर देखा पर्छ । जस्तैस्– सास फेर्न गाह्रो हुने, पटक–पटक पिसाब लागे जस्तो हुने, बेचैनी हुने र रक्तचाप बढ्ने गर्छ । यस्तै शरीर काँप्ने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, मांसपेशीहरू दुख्ने, घाँटीमा केही अड्किए जस्तो हुने गर्छ ।

घरभित्र बस्नुपर्दा बालबालिकालाई एकातिर शारीरिक र मानसिक समस्या देखा परिरहेको हुन्छ भने अर्कोतिर अनलाइनबाट घरमै पढ्न परेपछि कतिपय बालबालिकाको सोचमा यसले नकारात्मक असर पारेको छ ।पढ्नका लागि त विद्यालय जानुपर्दैन रहेछ, अनलाइनबाटै भए पनि पढ्न सकिँदो रहेछ भन्ने सोचले भोलि विद्यालय जान मन नलाग्ने हुन सक्छ । पढेर पनि के हुने रहेछ र, नपढे पनि त पास भइने रहने छ नि भन्ने जस्ता नकरात्मक विचार पनि बालबालिकामा देखा पर्ने हुन्छ । त्यसैले यो बेला आफ्ना बालबालिकालाई आमाबुबा र घरपरिवारले विशेष ध्यान दिनुपर्छ ।

अभिभावकले के गर्ने रु
यो समस्या बालबालिकाको उमेरअनुसार हुन्छ । जस्तोस्– नौ, दश कक्षामा पढ्ने बालबालिकाले कोरोना र अहिलेको अवस्थाका बारेमा विभिन्न माध्यमबाट थाहा पाइसकेका हुन सक्छन् भने साना बालबालिकाले बुझेका हुँदैनन् । उनीहरूलाई हामी किन विद्यालय जान नपाएको होला रु, साथीलाई किन भेट्न जान नपाएको होला रु जस्ता जिज्ञासा बढी लाग्न थाल्छन् ।

त्यो अवस्थामा हामीले उनीहरूलाई अहिलेको अवस्था र कोभिड–१९ का बारेमा जानकारी गराउनुपर्छ । कोरोना सङ्क्रमणबाट बच्न लकडाउन गरिएको हो, यो समस्या धेरै रहँदैन, एक दिन विद्यालय खुल्ने छ, तिमीहरू पहिले जस्तै फेरि विद्यालय जान थाल्नेछौँ भन्ने कुरा अभिभावकले बालबालिकासँग गर्नुपर्छ ।

यस्तो बेला कोरोनाबाट यति जना मरे भनेर डर र त्रासका कुरा सुनाउनुभन्दा हामीले रोगसँग लड्नका लागि व्यायाम गर्नुपर्छ, पौष्टिक आहार खानुपर्छ, धेरै मोबाइल चलाउन हुँदैन, टिकटकतिर ध्यान दिनु हुँदैन, हामी तिमीहरूसँगै छौँ भनेर आमाबाबुले छोराछोरीसँग साथीजस्तो व्यवहार गर्नुपर्छ ।

प्रायः बालबालिका साथीभाइसँग घुम्न, खेल्न, आफ्नो मनको कुरा साट्न मन पराउँछन् । एकै ठाउँमा बसिरहँदा उनीहरूमा चिटचिटापन बढी हुन्छ । के भएको होला भन्ने छटपटी देखिन्छ । यस्तो बेला अभिभावकले बालबच्चाको समस्या नबुझ्दा उनीहरू झन तनावमा पर्छन् ।

कतिपय बालबालिकाले अब म पढ्दिनँ, गेम खेल्छु, पढेर पनि के हुने हो र, यति समयसम्म लकडाउन भयो आखिर पास भएर अर्को कक्षामा गइ हालिन्छ, पढाइभन्दा अरू काम गर्छु भन्ने पनि गरेका छन् ।बालबालिकाको यस्तो आनीबानीले उनीहरू सहित आमाबुबामा पनि तनाव भएको पाइएको छ । बालबालिकाले गेम खेलेर बसिरहेको हुन्छ, आमाबुवाले भनेको पनि मान्दैन, यसले गर्दा पनि अभिभावक र बालबालिकामा तनाव सिर्जना भएको पनि देखिएको छ ।

अभिभावकले आफ्ना बालबालिकालाई तिमीहरूको इच्छा के छ, भोलिको बारेमा केही सोचेका छौँ कि भनेर मायालु पाराले सोध्नुपर्छ । हो, मोबाइल हेर्न मन लाग्छ, गेम खेल्न मन लाग्छ, टिकटक हेर्न मन लाग्छ, बनाउन मन लाग्छ म बुझ्छु, यसका लागि समय मिलाएर हेर, खेल, तर लामो समय यसमा नबिताऊ भनेर अभिभावकले भाषा मिलाएर छोराछोरीलाई सम्झाउनुपर्छ । कहिल्यै पनि बालबालिकासँग झर्किनु हुँदैन ।

छोराछोरीको राम्रो कामको प्रशंसा गरेर यो–यो काम गर, यो–यो काम नगर यसले तिमीलाई फाइदा हुँदैन भनेर मिठो स्वरमा भन्ने गर्दा बालबालिकाले मान्छन् । मेरा आमाबुबाले मलाई माया गर्नुहुन्छ, म अब धेरै सामाजिक सञ्जाल चलाउँदिन, बरु यो समयमा म आमाबुबालाई काममा सघाउँछु भन्ने जस्ता सोच बालबालिकामा आउन सक्छ ।

हामीले बालबालिकालाई समय दिएर घरभित्र पनि खुसी र व्यस्त राख्न सक्छौँ । यदि तपाईँसँग साना बालबालिका छन् भने लुकी–चोर खेल्न सकिन्छ । ध्यान गर्न लगाउन सकिन्छ । म तिम्रो चित्र बनाउँछु, तिमी मेरो चित्र बनाऊ, कसले कस्तो चित्र बनाउने भनेर गर्न सकिन्छ । कथा सुनाउने र छोराछोरीलाई पनि भन्न लगाउन सकिन्छ ।

यसो गर्‍यो भने बालबालिकालाई एकपछि अर्को कुरा सोच्न सक्ने क्षमता बढ्नुका साथै सकरात्मक सोचको पनि विकास हुन्छ । यस्तै परिवारका अरू सदस्य बाहिर हुनुहुन्छ वा अलग बसिरहनुभएको छ भने काका–काकी, हजुरबा–हजुरआमा, दिदीबहिनी लगायतका सदस्यको फेसबुकमा पारिवारिक समूह भिडियो कुराकानी गर्न सकिन्छ । यसैमा पनि आफ्ना कुरा साट्न सकिन्छ ।

यसैगरी विद्यालयमा भेट हुने साथीसँग पनि भिडिओ–कलमै कुराकानी गर्न लगाउन सकिन्छ । कुराकानी गरिसकेपछि तिमी जस्तै अहिले सबै तिम्रा साथी पनि घरभित्रै बसेका छन्, यो समय हामी सबैलाई यस्तै छ भनेर बालबालिकासँग कुराकानी गर्न सकिन्छ । यसो गर्दा बालबालिका खुसी हुन्छन् र उनीहरूलाई दिक्क पनि लाग्दैन ।

योसँगै उनीहरूको खानपिनमा पनि ध्यान दिनुपर्छ । अर्को कुरा मेरो बालबालिकामा दैनिक रूपमा केही परिवर्तन आएको छ कि भनेर निगरानी गर्नुपर्छ । अहिले कामको चटारो छ । प्रायः गाउँघरमा धान रोप्ने, गोडमेल गर्ने जस्ता काम भइरहेका छन् । यस्तो बेला हामीसँग १५, १६ वर्षको बालबालिका छन् भने हामीले आफू सँगसँगै बारीको काममा लिएर जान सक्छौँ । बारीको काम कसरी गर्ने भन्नेबारे जानकारी दिन सक्यौँ भने भोलि गएर छोराछोरीकै लागि फाइदा हुन्छ ।

बालबालिकामा अभिभावकले ध्यान पुर्‍याउँदा पुर्‍याउँदै पनि उनीहरूमा मनोसामाजिक समस्याका लक्षण देखिन थाल्यो भने, लामो समयसम्म उनीहरू परिवारसँग बोल्न मन नगर्ने भयो भने, खानपिनमा समस्या तथा रातिमा निद्रा नलाग्ने समस्या देखियो भने र एकै ठाउँमा बसेर टोलाई रहने जस्ता समस्या देखा पर्‍यो भने मनोपरामर्शका लागि सहयोग लिनुपर्छ । यसका लागि विभिन्न सङ्घ–संस्थाले टोल फ्री नम्बरबाट पनि सेवा दिइरहेका छन् । ती नम्बरमा फोन गरेर पनि सेवा लिन सकिन्छ ।

९कोसिस नेपालमा कार्यरत मनोविद् सीता भण्डारीसँग कार्यक्रम स्वस्थ मन स्वस्थ जीवनका लागि गरिएको कुराकानीमा आधारित ।०

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *