भारतीय चेली बनीन मन्त्री, प्रमाण सहित हेर्नुहोस्

राजनीति

२२ जेष्ठ, काठमाण्डौ
प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरे । ओलीले एमालेका दुई र जनता समाजवादी पार्टी जसपा का ७ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरे । जसपाबाट मन्त्री हुनेमा चन्दा चौधरी एक हुन् ।

पूर्वराजपाकी महासचिवसमेत रहेकी चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी पाएकी छन् । श्रोतका अनुसार चौधरी नेपालस्थित भारतीय दूतावासको कोटामा मन्त्री नियुक्त भएकी हुन् । नेपालीसँग विवाह गरेकी भारतीय चेली चौधरी अंगीकृत नागरिकता बाहक हुन् । यद्यपि नेपालको संविधानले अंगीकृतलाई मन्त्री बन्न रोकेको छैन ।

एक समय एमाले सांसद गंगा चौधरी सत्गौवाले चन्दा चौधरीलाई लक्षित गर्दै ‘नेपालको संसदमा भारतीय चेलीको दादागिरी’ चलेको अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिको प्रतिवाद गर्दै चन्दाले संसदमा नियमापत्ति गरिन् र रेकर्डबाट उक्त शब्द हटाउन सभामुख अग्नि सापकोटासँग माग गरिन् ।

चन्दाले संसदमा हिन्दीमा सम्बोधन गरेको विषयमा गंगाले आपत्ति जनाएकी थिइन् । नेपालको संसदमा हिन्दी बोल्ने परम्परा २०४८ सालको संसददेखि नै चल्दै आएको प्रष्टीकरण चन्दाको थियो । उनले धेरै नेपालीले भारतीय चेलीसँग विवाह गरेको भन्दै आफू भारतमा जन्मिएको तर, हाल नेपाली भएको बताइन् । काठमाण्डु टुडेबाट

यो पनि पढ्नुहोशस्किसानले मल नपाएको, ठाउँठाउँमा मलको हाहाकार भएकोजस्ता समाचार आउन थालेपछि तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन गर्नुभएको छ ।

अनुगमन गरेर मलको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो ।रासायनिक मलको मुख्य बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लि।का पदाधिकारीसँग छलफलसमेत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

त्यसपछि तत्कालीन मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नरहेको बताउनुभएको छ । निषेधाज्ञाका कारण केही जिल्लामा मलको ढुवानीमा समस्या देखिएको भए पनि गुनासो आउनेबित्तिकै त्यसको समाधान गरिएको उहाँले बताउनुभयो ।

यो सिजनको बाली लगाउने प्रयोजनका निम्ति साउनसम्म मौज्दात रहेको दाबी गर्दै तत्कालीन मन्त्री अर्यालले अहिलेसम्मको तथ्यले÷प्रमाणले खेतीबाली लगाउनसम्मका लागि कुनै समस्या नरहेको मलमा कुनै समस्या नहोस् भनी मन्त्रालय सचेत रहेको बताउनुभयो ।कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखी मलको आपूर्तिमा ध्यान दिन उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कृषि सचिव डा। योगेन्द्र कार्कीले सरकारले छुट्याएको रकमबाट मल ल्याउन अपुग भए त्यसको व्यवस्था सरकारले गर्ने बताउनुभयो । किसानलाई कति मल चाहिन्छ रु सरकारले दिएको रकमबाट कति मल आउँछ रु कति मलको अपुग कति हुन्छ रु ती सबै हिसाब गरेर चाँडै बजेटको व्यवस्था गर्न लाग्ने उहाँले बताउनुभयो ।

उहाँले भोलि पर्सितिर नै यसको तथ्याङ्क सङ्कलन गरी आवश्यक बजेट कति लाग्छ भन्नेबारे छलफल गरेर कृषि मन्त्रालय अगाडि बढ्न तयार रहेको जनाउनुभयो । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हाल रासायनिक मलको समस्या नरहेको जानकारी गराएका छन् । अगामी दिनमा पनि मलको अभाव नहोस् भन्नेमा सरकार सचेत रहनुपर्ने ती दुवै संस्थाले सुझाव दिएका छन् ।

कृषि सामग्री कम्पनी लि। र साल्ट ट्रेडिङ कर्पोरेसनसँग गरी हाल जम्मा ३५ हजार २९० मेट्रिक टन युरिया, ५३ हजार ७३० मेट्रिक टन डीएपी, आठ हजार ४२ मेट्रिक टन पोटास र ४४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको छ । ६५ हजार मेट्रिक टन युरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *