उपप्रधानमन्त्रीको सपथ खादा वित्तिकै राजेन्द्र महतो तानिए विवादमा, एमालेकै नेताद्धारा आपत्ती प्रकट

राजनीति समाचार

२२ जेठ

नवनियुक्त उप प्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका छन् । उनको अभिव्यक्ति को नेकपा एमालेका नेता योगेश भट्टराईले विरोध गर्दै यस्ता अभिव्यक्ति विरुद्ध लगाम लगाउन प्रधानमन्त्रीलाई अनुरोध गएका छन् ।

नेता भट्टराई भन्छन् ‘पहिलो र दोस्रो संविधानसभा मै असान्दर्भिक भइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्री ज्यु ।’

संविधानले राष्ट्रको पारीभासा गरिसकेको जनाउँदै उनी भन्छन् ‘संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ “बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विशेषता भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” अर्थात विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।’

नेपालको राजनीतिमा केपी शर्मा ओली र राजेन्द्र महतो सधैं विपरीत धुव्र भइरहे । ओलीको राष्ट्रवादी छवी थियो भने महतो सधैं भारतपरस्त । यही कारण दुई नेताको सम्बन्ध पनि राम्रो हुन सकेन ।

तर, यतीबेला ओली र महतोको गजबको दोस्ती देखिएको छ । ओलीको मन्त्रिपरिषद्मा महतो गृहमन्त्रीका लागि लबिङ गरिरहेका छन् । ओली र महतोलाई भारतले नै मिलाएको चर्चा राजनीतिक वृत्तमा छ ।

कुनै समय यस्तो थियो कि ओलीले नै महतोको नागरिकताको छानबिनको माग गरेका थिए । उनका निकट युवा संघका तत्कालिन अध्यक्ष राजीव पहारीले महतोको नागरिकतोका छानबिन माग गरी २०७२ सालमा तत्कालिन गृहमन्त्री शक्ति बस्नेतसँग निवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *