ईश्वर पोखरेलको अर्को चलाखी, उपप्रधान मन्त्रीबाट यसकारण हात धोए

राजनीति

२२ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा व्यापक फेरबदल गरेका छन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ

पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ।

त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन्।

उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले रघुवीर महासेठलाई परराष्ट्र मन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन्।

यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए। महासेठ र तामाङ यसअघि पनि ओली सरकारमा मन्त्री भइसकेका थिए।

पार्टीबाट नियुक्ति हुन बाँकी मन्त्रीहरू केही दिनमा नियुक्त हुने प्रधानमन्त्रीनिकट एक स्थायी कमिटी सदस्यले बताए।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पार्टीकै जिम्मेवारीमा खटाउन परेकाले मन्त्रीमा नदोहोर्‍याएको ती स्थायी कमिटी सदस्यको भनाइ छ। पार्टीको पहिलो पुस्ताकै नेता भए पनि ओलीले पोखरेललाई भने गतिलो जिम्मेवारी दिएका थिएनन्।

२०७५ फागुन ३ गते ओली प्रधानमन्त्री बनेकै दिन पोखरेल मन्त्री बनेका थिए। त्यसको केही समयपछि उपप्रधानमन्त्री एवम् रक्षा मन्त्रालयको जिम्मेवारी पाएका पोखरेलले २०७७ असोज यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद हेर्ने जिम्मेवारी पाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्।

शुक्रबार साँझ उनले जनता समाजवादी पार्टीको महन्थ९राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई सपथ खुवाउन लागेका छन्। महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्ने भएका छन्।

जसपा नेताहरू सरकारमा सहभागी हुने भएपछि ओलीले मन्त्रिपरिषद हेरफेरसमेत गर्न लागेका छन्। जसअनुसार बिष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने स्रोतले जनाएको छ। मन्त्रीहरूलाई आजै सपथ खुवाउने तयारी छ।

पौडेल अहिले अर्थमन्त्री छन्।

यता जनता समाजवादी पार्टी ९जसपा० महन्थ पक्ष आज शुक्रबार सरकारमा सहभागी हुने भएको छ। ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ ठाकुर पक्ष सरकारमा जान लागेको हो।

जसपाका एक नेताले नवनियुक्त मन्त्रीहरूको साँझ ८ बजेतिर सपथ ग्रहण हुने जनाएका छन्। ती नेताका अनुसार राजेन्द्र महतोले उपप्रधान तथा सहरी विकास मन्त्री पाएका छन्।

महतोको नेतृत्वमा सरकारमा जान लागेको जसपाबाट शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी, विमल श्रीवास्तवलाई श्रम, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ।

यसैगरी लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, उमाशंकर अरगरियालाई वन तथा वातावरण, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *