गम्भीर आपत्ती प्रकट !

उपप्रधानमन्त्रीको सपथ खाएको सेलाउन नपाउदैँ राजेन्द्र महतो तानिए विवादमा, एमालेकै नेताहरुद्धारा गम्भीर आपत्ती प्रकट !

राजनीति समाचार

नवनियुक्त उप प्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका छन् । उनको अभिव्यक्ति को नेकपा एमालेका नेता योगेश भट्टराईले विरोध गर्दै यस्ता अभिव्यक्ति विरुद्ध लगाम लगाउन प्रधानमन्त्रीलाई अनुरोध गएका छन् ।

नेता भट्टराई भन्छन्  ‘पहिलो  र दोस्रो संविधानसभा मै असान्दर्भिक भइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्री ज्यु ।’

संविधानले राष्ट्रको पारीभासा गरिसकेको जनाउँदै उनी  भन्छन्  ‘संविधानको  धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ   “बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विशेषता भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” अर्थात विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।

आरोप खेप्दैँ आएका बाबुरामको नेपाल विरोधी यस्तो हर्कत बाहिरियो !

जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा जानाजान नेपालको पुरानै नक्सा देखाएर दिएको पाइएको छ।भारतीय संचारमाध्यम द प्रिन्ट को युट्युव च्यानलमा ‘द प्रिन्ट डिवेट’ कार्यक्रममा मे ३० तारिक अर्थात् ५ दिनअघि अन्तर्वार्ता दिँदा  डा। भट्टराईले आफ्नो पछाडि नेपालको नक्सा प्रयोग गरेको देखिएको छ।

साधारणतया अरु अन्तर्वार्ताहरुमा उनको यस्तो नक्सा प्रयोग भएको पाइएको छैन।तर, यो अन्तर्वार्तामा उनले आफ्नो पछाडि देखिने गरी नेपालको नक्सा र विश्वको नक्सा प्रयोग गरेका छन्। यो नक्सा प्रयोग गर्नुमा भारतीय नेतृत्ववर्गलाई पुरानै नक्सामा आफू यथावत रहेको सन्देश दिन खोजेको सहजै देखिन्छ।नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले जीवनभर नेपालकै प्रतिनिधित्व गर्नुपर्ने हुन्छ सार्वजानिक समारोहहरुमा।

आन्तरिक राजनीतिमा जुन अडान वा धारणा राखे पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा पूर्वप्रधानमन्त्रीको उपस्थिति भनेको देशकै प्रतिनिधित्व हो।यो अन्तर्वार्तामा डा. भट्टराईले नक्साको प्रयोगद्वारा दिन खोजेको सन्देश के हो ? भन्ने यकिन छ तर उनको यस्तो कार्यले नेपालीजनको हृमा कति चोट पुग्छरु भन्ने कुराको ख्याल गरेको भने पाइएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *