यी हुन् ओली सरकारबाट बाहिरिएका मन्त्रीहरू, किन विदा गरे ओलीले ,हेर्नुहोस्

राजनीति

जेठ २२, काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारमा रहेका एमालेका अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ र यातायात मन्त्री वसन्त नेम्वाङबाहेक अरू सबै मन्त्री हटाउनुभएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, पर्यटन मन्त्री भानुभक्त ढकाल, वन मन्त्री प्रेमबहादुर आले, कृषि मन्त्री पद्मा अर्याल, सञ्चार मन्त्री पार्वत गुरुङ, सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो मन्त्रीबाट हट्नुभएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, स्वास्थ्य राज्यमन्त्री नवराज रावत र वाणिज्य राज्यमन्त्री विमला विक पनि हट्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्नुभएको हो । जनता समाजवादी पार्टीका आठ मन्त्री र दुई जना राज्यमन्त्रीले शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । नयाँ र पुराना गरी आज १७ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नयाँ मन्त्रिपरिषद् यस्तो छ–

केपी शर्मा ओली : प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, सहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
कृष्णगोपाल श्रेष्ठ : शिक्षा
वसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला
शेरबहादुर तामाङ : स्वास्थ्य
शरतसिंह भण्डारी : ऊर्जा
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : संस्कृति– पर्यटन
चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
अनिल झा : खानेपानी तथा सरसफाइ
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था
एकवाल मियाँ : युवा तथा खेलकुद
रेणुका गुरुङ : राज्यमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *