विरोधी यस्तो हर्कत बाहिरियो

आरोप खेप्दैँ आएका बाबुरामको नेपाल विरोधी यस्तो हर्कत बाहिरियो !

राजनीति समाचार

काठमाडौं। जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा जानाजान नेपालको पुरानै नक्सा देखाएर दिएको पाइएको छ।भारतीय संचारमाध्यम द प्रिन्ट को युट्युव च्यानलमा ‘द प्रिन्ट डिवेट’ कार्यक्रममा मे ३० तारिक अर्थात् ५ दिनअघि अन्तर्वार्ता दिँदा  डा। भट्टराईले आफ्नो पछाडि नेपालको नक्सा प्रयोग गरेको देखिएको छ।

साधारणतया अरु अन्तर्वार्ताहरुमा उनको यस्तो नक्सा प्रयोग भएको पाइएको छैन।तर, यो अन्तर्वार्तामा उनले आफ्नो पछाडि देखिने गरी नेपालको नक्सा र विश्वको नक्सा प्रयोग गरेका छन्। यो नक्सा प्रयोग गर्नुमा भारतीय नेतृत्ववर्गलाई पुरानै नक्सामा आफू यथावत रहेको सन्देश दिन खोजेको सहजै देखिन्छ।नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले जीवनभर नेपालकै प्रतिनिधित्व गर्नुपर्ने हुन्छ सार्वजानिक समारोहहरुमा।

आन्तरिक राजनीतिमा जुन अडान वा धारणा राखे पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा पूर्वप्रधानमन्त्रीको उपस्थिति भनेको देशकै प्रतिनिधित्व हो।यो अन्तर्वार्तामा डा. भट्टराईले नक्साको प्रयोगद्वारा दिन खोजेको सन्देश के हो ? भन्ने यकिन छ तर उनको यस्तो कार्यले नेपालीजनको हृमा कति चोट पुग्छरु भन्ने कुराको ख्याल गरेको भने पाइएन।

यो अन्तर्वार्तामा डा. भट्टराईले नक्साको प्रयोगद्वारा दिन खोजेको सन्देश के हो ? भन्ने यकिन छ तर उनको यस्तो कार्यले नेपालीजनको हृदयमा कति चोट पुग्छरु भन्ने कुराको ख्याल गरेको भने पाइएन।तत्कालका लागि उनको राजनीतिक लाइनभन्दा भिन्न भारतीय गतिविधि,  दवाव र प्रभाव नेपालमा देखिएको अवस्थामा यो नक्साको प्रयोगबाट भारतीय संस्थापन पक्षलाई दिने सन्देशमा उनी बढी नै केन्द्रित हुन खोजेको सहजै अनुमान लगाउन सकिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *