भन्ने खबर आएपछि ..

गृहका लागि मरिहत्ते गरिरहेका महतोको भागमा पर्यो यो मन्त्रालय !

राजनीति समाचार

 काठमाडौं,

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपाका नेताहरुलाई मन्त्री बनाउन लागेका छन् । जसपाको एक पक्ष महन्थ ठाकुर पक्षका ५ नेता आज सरकारमा जान लागेका हुन् । उनीहरुले आजै मन्त्रीको शपथ लिने तयारी गरेका छन् ।

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागि हुन लागेको जसपा स्रोतले जनाएको छ । महतो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्न लागेका छन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा शरतसिंह भण्डारी, अनिलकुमार झाले शहरी विकास मन्त्रालय, विमल श्रीवास्तवले खानेपानी मन्त्रालय तथा उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालय पाउने गरी टुंगो लागेको छ ।

श्रीवास्तव र अरगरिया उपेन्द्र यादवको साथ छाडेर ठाकुर खेमामा आएका हुन् । उनीहरूले लो प्रोफाइलको मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार दुवैले शपथ नलिने अडान कायम राखेकाले नेताहरूले मनाउने प्रयास गरिरहेका छन् ।

बन्द, हड्ताल गर्नेलाई अब यस्तो कारवाही हुने,

सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रूपमा राखेको छ । गृह मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशन गर्दै ती क्षेत्रको नाम सार्वजनिक गरेको हो ।

राजपत्रको सूचनामा समावेश गरिएका ती अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ । हड्ताल भएको अवस्थामा कारबाही हुनेछ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन २०१४ को दफा ३ को उपदफा ९१० को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरेको छ ।

यस सूचीमा टेलिफोन तथा सञ्चार सेवालाई पनि अत्यावश्यक सेवाको रूपमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *