एमालेको उत्कर्ष विवादमा वामदेवले अहिले मुख खोले, यो समुहलाई दिने भए साथ गौतमले

राजनीति समाचार

२० जेष्ठ, कास्की
नेकपा हुँदै एमालेको उत्कर्ष विवादमा कुनै समूहमा नखुलेका वामदेव गौतमले पार्टी फुटे माधव नेपाललाई साथ दिने दोहोर्याएका छन् ।यस अघि सामाजिक संजालमार्फत् पार्टी फुट्दा नेपाललाई साथ दिन बताएका गौतमले फेरि माधव नेपालले एमाले फुटाए ओलीलाई साथ नदिने बताएका हुन् ।

माधव नेपाल–झलनाथ खनाल पक्षले बिहीबार गरेको भर्चुअल बैठकमा गौतमले यस्तो बताएका हुन् । तर, नेपालतिर लाग्न उनले शर्त अघि सारेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

एमालेमा अध्यक्षको संसद विघटनदेखि पार्टीमा गरेका अरु गतिविधि ठीक छैनन् । अवैधानिक छन् । कतिपय विषयमा माधवजीहरुका क्रियाकलापप्रति पनि मेरो असहमति छ मैंले यस अघि पनि भनिसेकेको छु ।

यदि माधव कुमार कमरेडले आँट गरेर एमाले विभाजन गर्नुहुन्छ भने म दायाँबायाँ गर्दिन उहाँलाई साथ दिन्छु । ओलीतिर जाँन्न यो मेरो पहिलेदेखिैकै वचन हो ।भर्चुअल बैठकमा सहभागीहरुले वामदेवलाई आफ्नो कित्ता क्लियर गर्न पनि सुझाएका थिए ।

यो पनि पढ्नुहोशस्पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार खर्च तिर्न नसक्दा पाल्पाका एक पुरुषको दाहसंस्कार हुन सकेको छैन । कोरोना सङ्क्रमण भई उपचारका क्रममा लागेको खर्च नतिरेसम्म लुम्बिनी मेडिकल कलेज तानसेनले शव दिन नमानेपछि तानसेन नगरपालिकाले जमानी बसेर शव निकाल्ने वातावरण मिलाएको तर कसले कहाँ शव दाहसंस्कार गर्ने भन्ने टुङ्गो लाग्न भने सकेको छैन ।

तानसेन नगरपालिका–९ डाँडाडुमका ५८ वर्षका पुरुषको बुधबार कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । चार दिनदेखि कलेजमै उपचार गराइरहेका पुरुषको उपचार खर्च तिर्न नसकेपछि मृतकका ज्वाई गुहार माग्दै वडाकार्यालय पुगेका थिए ।

वडा नम्बर ९ का वडाअध्यक्ष हरिहर रेग्मीले मृतकको आर्थिक अवस्था निकै कमजोर भएकोले खर्च मिनाहा गरिदिन अनुरोधसहित सिफारिस दिएको बताए । बिरामीको उपचारका लागि एक लाख ७५ हजार खर्च भएको र त्यसमध्ये २० हजार धरौटी छ ।

मेडिकल कलेजले उपचार खर्च छुट गर्र्न नसकेको कुरा बिरामीका आफन्तलाई बताएपछि तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले अस्पतालसँग समन्वय गरी आफू जमानी बसेको बताउनुभयो । नगरपालिकाले शव दिन अनुरोध गर्दै बक्यौता रकमको लागि नगरपालिका जमानी रहेको बताएपछि शव दिन मेडिकल कलेज सहमत भएको हो ।

“नगरपालिका जमानी बसेर लुम्बिनी मेडिकल कलेजले शव उठाउन भने पनि आफूहरूसँग शव लैजाने पैसा छैन”, मृतकका ज्वाई राजु विकले भने, “कोसँग गुहार माग्ने ससुराको जग्गा पनि छैन, पैसा पनि छैन, यस्तो अवस्थामा दाहसंस्कारसमेत कसरी गर्ने अलपत्र छौँ ।

लुम्बिनी मेडिकल कलेज प्रभासका निर्देशक निर्दोष खनालले भने, “बीस हजार मात्रै धरौटी लिएर बिचमा पैसा नमागी उपचार गरिरहेका हौँ । अहिले शव अस्पतालमै छ, तर कहाँ र कसरी आर्थिक जोहो गरेर शव व्यवस्थापन गर्ने आफन्त अलपत्र अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *