यादव शक्तिशाली मन्त्रालयमा इन्ट्री मार्न यस्तो तयारीमा !

यादव शक्तिशाली मन्त्रालयमा इन्ट्री मार्न यस्तो तयारीमा !

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनबारे मुद्धाको सुनुवाई भइरहेकै बेला कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर लैजाने विपक्षीहरुलाई कडा झड्का दिने तयारी गरेका छन् ।

यतिबेला ओली एमालेकै माधव समूहसँग पनि एकताको हात तानिरहेका छन् । अर्कोतिर, जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच एक अर्कामाथि कारबाही गरिएको निर्णयसमेत भएको मौका छोपी जसपाका दुवै पक्षलाई सरकारमा सहभागि गराउने ओलीको रणनीति देखिएको छ ।

महन्थ समूहले प्रधानमन्त्री ओलीलाई सघाउँदै आएको छ । यता, ओली सरकारको विकल्प खोजेका उपेन्द्र यादवले पनि आफूलाई उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री ओलीसँग माग गरेको खुलेको छ । आफूलाई उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिएमा आफ्नो समूह पनि सरकारमा सहभागी हुने भन्दै यादवले प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरेको चर्चा भएको छ ।

ओली पनि यसबारे छलफलमा रहेको र आफू ठूला विपक्षी शक्तिहरुलाई हराउने मुडमा रहेका छन् । निर्वाचन आयोगले पनि जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीलाई मान्यता दिएको छैन् । आयोगले दुवै अध्यक्षलाई पत्राचार गर्दैदुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *