महन्थ ठाकुरका कारण ओली तनावमा, अब केही सीप लागेन ओलीको‘

राजनीति

जेठ २०, काठमाडौं
निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।

अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनी निर्वाचन आयोगलाई जानकारी गराएका थिए ।
तर आयोगले कारबाहीको निर्णयमा केन्द्रीय समितिको पदाधिकारीको हस्ताक्षर माग गर्दै पत्राचार गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यो पनि, सरकारमा जाने लफडाले जसपा फुट्योस् यी ४ नेता निकालिए पार्टीबाट‘ १

जनता समाजवादी पार्टी फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो । फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । यादव समूहको कारबाहीमा परेकाहरुमा अध्यक्ष महन्थ ठाकुरसहित ४ नेताहरु छन् । निष्काशित गरिएकाहरुमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

जसपाको ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको र सरकारका सहभागी हुन लागेपछि निष्काशन गरिएको बुझिएको छ ।
यसअघि यादव समूहले अध्यक्ष ठाकुरलाई निष्काशन गरेको थियो । उपेन्द्र यादवलाई पनि अध्यक्ष ठाकुरले स्पष्टिकरण सोधेका छन् । उनले पनि निष्काशनको निर्णय लिन लागेको बुझिएको छ । एक अर्कामाथि स्पष्टिकरण हुँदै निष्काशनको निर्णय सम्म पुगेपछि जसपा फुटेको हो । औपचारिक फुटपछि जसपा पुरानै अवस्थामा फर्कने निश्चित जस्तै भएको छ ।

ठाकुर समूहले राजपा र यादव समूहले जसपा नै चलाएर बढ्ने तयारी गरिसकेका छन् । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरलगायत चार नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।
उक्त पक्षले आज ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
उक्त जानकारीको पत्र आयोगमा दर्ता गरिएको नेता डम्बर खतिवडाले जानकारी दिए । जसपाको विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र–बाबुराम पक्षले जेठ ८ गते उनीहरुलाई स्पष्टीकरण सोधेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *