एमालेको जगबाट ढले माधव नेपाल, सुनाए नयाँ पार्टीबारे अन्तिम निर्णय

राजनीति समाचार

जेठ २०, काठमाण्डौ
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओलीविरुद्ध लागि परेका नेता माधवकुमार नेपाल आफै विचलित हुँदै नयाँ पार्टी खोल्ने निश्कर्षमा पुगेका छन् ।

बुधबार एमालेका आफूपक्षीय भातृसंगठनका नेताहरुसँगको भर्चुअल बैठकमा उनले आफुपक्ष शक्तिशाली रहेको दाबी गर्दै सहमतिमा नजाने अभिव्यक्ती दिएका छन् ।

नेपालले आफू कम्युनिस्ट आन्दोलनलाई बचाउन ओलीविरुद्ध लागिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले अघि सारेको सहमित प्रक्रियमा पनि आफु नअलमलिने बताउँदै उनले अब नयाँ पार्टीमा नै जानेतर्फ संकेत गरेका छन् ।

नेता नेपालले कम्युनिस्ट आन्दोलन बचाउन नयाँ दल खोलेर अघि बढ्ने र सबैलाई साथ दिन समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *