ओलीले फाले अर्को तुरुपको पत्ता, फेरि संसद ब्युँतिने पक्का भएपछी माधव नेपालसँग एकता !

राजनीति समाचार

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिका माहिर खेलाडी मानिन्छन् । पछिल्लो पटक उनले आफ्नै पार्टीको माधव समूहका नेताहरुलाई हित र नियमविपरित काम गरेको भन्दै कारवाही गर्दै  पार्टीबाट निस्कासन गरेका थिए । तर, विस्तारै उनी नरम देखिएका छन् । उनले फरि अर्को चाल चल्ने तयारी गरेका छन् । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेले देशको राजनीतिमा ठूलो उथलपुथल ल्याएको छ ।

भित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ।

विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन्। यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन्।

नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ। सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो।

संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए। राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको स्रोतले जनाएको छ।

यसैबीच, सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्धाबाट प्रतिनिधिसभा पुनःस्थापना हुने भएपछि ओलीले अर्को जालसाजी गरेको पत्रकार खेम भण्डारीले टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘केपी ओलीको अर्को जालसाँजी : संसद फेरि ब्युतने पक्का जस्तै देखिएपछी एकताको नाटक !!’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *