भारतलाई ओलिको चेतावनी।। अब चुप लागेर नबस्ने घोषणा ।।

भारतलाई ओलिको चेतावनी।। अब चुप लागेर नबस्ने घोषणा ।।

राजनीति समाचार
प्रधानमन्त्री केपी ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तर्क्रिया गर्दै ओलीले वर्षौँदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउन समय लाग्ने बताए ।
उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र त्यसलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा राखिसकिएको उल्लेख गरे । ती भू-भाग फिर्ता ल्याउन लागि भारतसँग वार्ता भइरहेको बताए । ‘महाकाली पूर्वको जमिन नेपालको हो । र, हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ । र, त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ,’ ओलीले भने, ‘यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ ।
तर, यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ ।’छिमेकीसंग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत गरिने बताए । प्रधानमन्त्री केपी ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तर्क्रिया गर्दै ओलीले वर्षौँदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउन समय लाग्ने बताए । उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र त्यसलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा राखिसकिएको उल्लेख गरे । ती भू-भाग फिर्ता ल्याउन लागि भारतसँग वार्ता भइरहेको बताए । ‘महाकाली पूर्वको जमिन नेपालको हो ।
र, हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ । र, त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ,’ ओलीले भने, ‘यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ । तर, यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ ।’छिमेकीसंग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *