ठाकुर र महतो सहित ४ नेता पार्टी सदस्यबाटै निष्काशित, अब के होला ?

राजनीति समाचार

१८ जेठ

जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर पार्टी सदस्यबाटै निस्कासित भएका छन् । आज बसेको कार्यकारिणी सदस्यहरुको बैठकबाट उपेन्द्र यादव पक्षले ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको हो ।

बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको छ । पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिइएको छ ।

यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ। बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफू निकट नेतासँग छलफल गरिरहेका छन्।

ठाकुर पक्षले पनि यादवलाई स्पष्टिकरण सोधेका छन्। जसपाको कार्यकारिणी समितीमा भट्टराई(यादव पक्षको बहुमत छ भने विघटीत प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ। ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको ठाकुर पक्ष कारवाहमिा परेपछि जसपामा खैलाबैला मच्चिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *