नारायणकाजी र जनार्दन एमालेमा एमालेमा प्रवेश गर्दै, प्रवेश लगत्तै यो जिम्मेवारी पाउँदै

राजनीति समाचार

जेठ १८, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका केही सांसदहरु अध्यक्ष प्रचण्डको विरुद्धमा रहेको बताएका छन् । उनले माओवादी केन्द्रका २५र२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्दै पार्टी विभाजनको पक्षमा रहेको बताए ।

सोमबार एमालेको युवा संगठन युवा संघ नेपालको भर्चुअल बैठकमा बोल्दै बस्नेतले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ‘प्रभाकर’ एमालेसँग एकतको पक्षमा रहेको बताए । उनलले आफूहरुले चाहे माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी समेत गरे ।

त्यसैगरी बस्नेतले नेपाली काँग्रेका २३ जना सांसद पनि पार्टी विभाजनको पक्षमा रहेको बताए । उनले काँग्रेसलाई पनि विभाजन गर्न सक्ने बताए । उनले काँग्रेस र माओवादी केन्द्रले एमाले विभाजन गराउने प्रयास गरिरहेको आरोप पनि लगाए । त्यस्तै, उनले आफूहरुले चाहे काँग्रेस र माओवादी केन्द्र फुटाउन सक्ने भन्दै त्यो नगर्ने बताए । “उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी काँग्रेस र माओवादीलाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अ’पहरण जस्ता आरोप लगाउँछन्” बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने ।

बस्नेतले भने, “विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा छन् । हामीहरु प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउछौं ।”
ओली निकट बस्नेतले अबको पाँचको लागि फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी समेत गरे ।

बस्नेतले गण्डकी प्रदेशको सरकार बचाउन पोखरा गएर राष्ट्रिय जनामोर्चाका सांसदलाई अप हरणशैलीमा अस्पताल भर्ना गराएको र गुण्डा नाइके दिपक मनाङेलाई सरकारमा सहभागी गराउन भूमिका खेलेको आरोप लाग्दै आएको छ । त्यस्तै तत्कालिन संघीय समाजवादी पार्टीलाई विभाजन गर्न सांसदलाई अ’पहरण गरेर काठमाडौँ ल्याई होटलमा बन्धक बनाएको आरोप पनि लाग्दै आएको थियो ।

अहिले बस्नेतले काँग्रेस र माओवादी केन्द्रलाई नै फुटाई दिने धम्की दिएका छन् । केही सांसदहरु आफूहरुको सम्पर्कमा रहेको समेत बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *