काठमाडाैं : अफगानिस्तानका क्रिकेटर राशिद खानले बलिङमा मात्र कमाल देखाउने गरेको नभई अन्य डिपार्टमेन्टमा पनि उत्तिकै दखल राख्ने गरेका छन् । टी – २० इन्टरनेसनलमा उनी एक नम्बरका बलर हुन् । अनि उनी उम्दा फील्डर पनि हुन् र तल्लो अर्डरमा आएर गजबको ब्याटिङ पनि गर्छन् ।
शुक्रवार राशिदले अस्ट्रेलियाको एडलेड ओभलमा भएको बिग ब्याश लीगमा एडलेड स्ट्राइकर्स विरुद्ध ब्रिसबेन हीटको खेलमा बबाल क्याच गरेका हुन् । उसले चार ओभर बलिङ गर्दै जम्मा १५ रन दिए अनि एक विकेट पनि लिए । तर त्यसभन्दा पनि महत्त्वपूर्ण उनले २६ रन बनाएर खतरनाक बनिरहेका क्रिस लीनलाई दौडिँदै क्याच लिएर आउट गर्दै आफ्नो टीमको जीत पक्का पारे ।
बलर लियाम ओ’कोन्नोरले फालेको बलमा लीनले कमजोर शट प्रहार गर्दै मिडविकेटतर्फ बल उडाए । राशिद त्यतिखेर अफसाइडतर्फ सर्कलभित्र थिए र उनी बलमा आँखा राख्दै दौडिए । त्यसपछि उनले डाइभ गरे र बलमा दुवै हात पारेर गजबको क्याच लिए । क्रिकेट अस्ट्रेलियाले आफ्नो ट्विटर हयान्डलमा राशिद खानको क्याचको भिडियो अप्लोड गरेको छ ।
You can’t keep Rashid Khan out of the game!
The Strikers have started strong against the Heat: https://t.co/3RYSvTfB2Q#BBL09 pic.twitter.com/uriLwUL5NW
— cricket.com.au (@cricketcomau) January 17, 2020