भीम रावलले प्रधानमन्त्रीलाई प्रश्न गदै गरे यस्तो ट्वीट, एकछिनमै भयो भाईरल

राजनीति समाचार

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप एमाले नेता भीम रावलले लगाएका  छन।राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि पहल बढाएकामा रावलले आलोचना गर्दै कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लंघन हो भनेका छन ।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन् ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो ।’

प्रधानमन्त्री र सरकार निकम्मा भएको हो ? रावलको प्रश्न छ, ‘यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’

 

बादल फेरी माओवादी केन्द्रमै, यस्तो भयो गोप्य सहमति ,

राष्ट्रिय सभा उपनिर्वाचनको मत परिणाम नआउदै राम बहादुर थापा ‘बादल’ ले हार स्विकारेका थिए । मतदान गर्न मतदान स्थल पुगेका सत्तारुढ दल एमालेका मतदाताहरु छुट्टाछुट्टै स्थानमा बसेका थिए । एमाले एक भएर आफुलाई भोट नदिएको आफैले देखेपछी बादलले हार स्विकार गरेका थिए ।

चुनाव अघि नै एमालेको विवादलाई समाधान गरेर एमालेको माधब पक्षको मत पनि आफुलाई दिलाउने ओलीले विश्वास दिलाउदै आएका थिए तर समस्या समाधन नगराएर माधव पक्षले आफ्नै प्रतिस्पर्धी डा। खिमलाल देवकोटालाई भेट गरेपछि ओलीले नै आफुलाई धोका दिएको बादलले निष्कर्ष निकालेका छन् । स्रोतका अनुसार अब उनले अब कडा कदम चालेर वारपार गर्ने मनस्थिती बनाएको बुझिएको छ ।

एमालेको प्रधानमन्त्री केपी ओली पक्षबाट गृहमन्त्री रामबहादुर थापा र माधवकुमार नेपालसहित संयुक्त पक्षबाट संघीयता विज्ञ डा। खिमलाल देवकोटा उम्मेदवार थिए । देवकोटालाई नेपाल पक्षसँगै प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सघाउने छ भने थापालाई ओली पक्ष र राप्रपाले मतदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *