बादल फेरी माओवादी केन्द्रमै, यस्तो भयो गोप्य सहमति

राजनीति समाचार

जेठ १७
राष्ट्रिय सभा उपनिर्वाचनको मत परिणाम नआउदै राम बहादुर थापा ‘बादल’ ले हार स्विकारेका थिए । मतदान गर्न मतदान स्थल पुगेका सत्तारुढ दल एमालेका मतदाताहरु छुट्टाछुट्टै स्थानमा बसेका थिए । एमाले एक भएर आफुलाई भोट नदिएको आफैले देखेपछी बादलले हार स्विकार गरेका थिए ।

चुनाव अघि नै एमालेको विवादलाई समाधान गरेर एमालेको माधब पक्षको मत पनि आफुलाई दिलाउने ओलीले विश्वास दिलाउदै आएका थिए तर समस्या समाधन नगराएर माधव पक्षले आफ्नै प्रतिस्पर्धी डा। खिमलाल देवकोटालाई भेट गरेपछि ओलीले नै आफुलाई धोका दिएको बादलले निष्कर्ष निकालेका छन् । स्रोतका अनुसार अब उनले अब कडा कदम चालेर वारपार गर्ने मनस्थिती बनाएको बुझिएको छ ।

एमालेको प्रधानमन्त्री केपी ओली पक्षबाट गृहमन्त्री रामबहादुर थापा र माधवकुमार नेपालसहित संयुक्त पक्षबाट संघीयता विज्ञ डा। खिमलाल देवकोटा उम्मेदवार थिए । देवकोटालाई नेपाल पक्षसँगै प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सघाउने छ भने थापालाई ओली पक्ष र राप्रपाले मतदान गरेको छ ।

नेमकिपाले आफ्नै उम्मेदवार उठाएको छ भने विवेकशील साझा पार्टीले मतदान नै गरेन । वागमतीको निर्वाचन रोचक मोडमा थियो । यस अघि गृहमन्त्री थापा सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

माओवादी केन्द्र त्यागेर एमालेको ओली पक्षमा लागेपछि उनलाई माओवादी केन्द्रले दल त्याग गरेको कानून अनुसार कारबाही गर्यो । त्यसपछि खाली एक सदस्यका लागि पुनः निर्वाचन भएको हो । उसो त ओलीपछि एमाले नेतृत्व गर्न तम्सिएका महासचिव ईश्वर पोखरेलको भूमिका भने राष्ट्रिय सभा निर्वाचनमा संकास्पद देखिएको छ । पोखरेलले वक्तव्य जारी गरेर बादललाई भोट हाल्न निर्देशन त दिएका छन् ।

तर उनी पक्षिय सांसद र स्थानीय तहका प्रमुख उप प्रमुखले भने डा। देवकोटालाई भोट हाल्दैछन् । पोखरेल आफैंले डा। देवकोटालाई धेरै भन्दा धेरै मत दिएर राष्ट्रिय सभामा निर्वाचित गराउने र पार्टी एकताको प्रक्रियामा अवरोध ल्याउन चाहेको आरोप ओली क्याम्पमै लागेको छ । बादललाई नराम्रोसँग पराजित गरेर उनी माधब नेपाल र बादलको दुरी बढाउने र केपी ओलीलाई पनि नेपालसँग चिड्याउने अभियानमा लागेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *