पुर्व प्रधानसेनापतिहरु कटवाल, गुरुङ, राणा र क्षेत्रीलाई राकेश शर्माको निकै मार्मिक खुला पत्र।।हेरौ जस्ताको त्यस्तै।।

समाचार समाज

पुर्व प्रधानसेनापति रुक्मांगद कटवाल, छत्रमान सिंह गुरुङ, गौरव शमशेर राणा र राजेन्द्र क्षेत्री ज्यु लाई म राकेश कुमार शर्माको चिट्ठी ।
पुर्व प्रधानसेनापति ज्यु सैनिक संगठनमा अवकाश प्राप्त सेनाहरु पनि जीवित रहुन्जेल सम्म अवकाश प्राप्त भएको मानिदैन सेनाहरुले महसुस गर्नुपर्ने महत्त्वपूर्ण कुरा हो ।पुर्व प्रधानसेनापति ज्यु मुलुकको शक्ति नै सेनाहरु हो । पुर्व प्रधानसेनापति ज्यु मुलुक भन्दा ठुलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन । संविधान फेरि पनि बनाउन सकिन्छ ।

 

पुर्व प्रधानसेनापति ज्यु मुलुकमा अब तत्काल सैनिक शासन चाहिएको छ । मुलुक असफलता तर्फ गइरहेको अवस्था छ समयमा सेनाहरुको ध्यानाकर्षण होस ।प्रधानसेनापति ज्यु सेनाहरु चुप किन ? प्रधानसेनापति ज्यु सेनाहरु मुकदर्शक किन ? अब सेनाहरुले नेताहरूको शासन बाट पार लगाउनुपर्छ । अब सेनाहरुले नेताहरुको शासन बाट मुक्त गराउनुपर्छ ।प्रधानसेनापति ज्यु सेनाहरु प्रजातान्त्रिक ढंगले कसरी अघि बढने भन्ने बारे म संग विस्तृत योजनाहरु र दीर्घकालीन दुरदर्शि सोच छ ।

 

कोरोना भाइरस संक्रमणको महामारीमा नेताहरूलाई सत्ताको लागि हानथाप र राजनीतिक गर्दैमा फुर्सद छैन ।कोरोनाको महामारीमा जनताहरुको स्वास्थ्य सँग खेलवाड भइरहेकोे छ ।प्रधानसेनापति ज्यु सरकार र नेताहरूले आफुले केही गर्न नसके पनि मुलुकमा संकट परेको समयमा क-कसलाई परिचालन गर्नुपर्ने हो ? छिटो भन्दा छिटो औषधि र खोपहरु कसरी झिकाउने औषधि, खोपहरुको जिम्मा कसलाई दिने भन्ने बारे सरकार र नेताहरू संग कोरोना भाइरस संक्रमणको महामारीमा प्रभावकारी ठोस योजना नै छैन ।

 

जिम्मा दिइयो र जिम्मा लगाइयो भने कमिसन खान र कालोबजारी गर्न पाइन्न कि भन्ने मात्र चिन्ता छ । प्रधानसेनापति ज्यु मुलुकमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएको डर र त्रासको अवस्था छ । मुलुक दोस्रो चरणको कोरोना भाइरस संक्रमण महामारीको संकटको समयमा नेताहरूको बीच सत्तालाई लिएर सत्ता स्वार्थ, खेल, मोहको झै झगडा सत्ता जोगाउने र ढाल्ने खेल भइरहेको छ ।मुलुकको विगतको घटनाक्रम र हालको वर्तमान परिस्थिति बारे सेनाहरु स्वयंलाई नै थाहा छ कोही पनि सेनाहरु अनभिज्ञ हुनु होला जस्तो मलाई लाग्दैन ।

 

मुलुकमा राजनीतिकको आडमा घिन लाग्दो कार्य भएको अवस्था छ । नेताहरूले नाटकीय चित्रण प्रस्तुत गरिरहेका छन । सेनाहरुले पनि नेताहरूको नाटक मंचन र नाटकीय चित्रण हेरी रहनु भएको होला । प्रधानसेनापति ज्यु सेनाहरु चुप किन ?
प्रधानसेनापति ज्यु विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूले मुलुकलाई निकास दिन सकेनन । यसप्रकार नेताहरू असक्षम र असफल साबित भएका छन ।

 

मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीमा दैनिक ज्यालादारी गरेर दिनदिनै गुजारा गर्नेहरुको लकडाउनमा कतिपयको घरहरूमा चुल्हो नबल्ने आदि इत्यादि अवस्था पनि छ ।पहिलो चरणको कोरोना भाइरस संक्रमणमा पनि खाद्यान्न सामग्रीहरुमा व्यापक कालोबजारी र महँगी बढाइएको थियो । खाद्यान्न सामग्रीहरु र ग्यासहरु लुकाइएको थियो । दोस्रो चरणको लकडाउनमा सोही प्रक्रिया यथावत अपनाइएको छ । बिरामीहरु अस्पतालहरुमा समयमा भर्ना, उपचार, भेन्टिलेटर र अक्सिजन नपाएर मृत्यु भएको अवस्था छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *