प्रचण्ड र माधव नेपालको एकता ।।एकीकृत नामक नया पार्टी दर्ताको तयारिमा।।

प्रचण्ड र माधव नेपालको एकता ।।एकीकृत नामक नया पार्टी दर्ताको तयारिमा।।

राजनीति समाचार

काठमाडौं, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल मिलेर नयाँ कम्युनिस्ट शक्ति निर्माणको पूर्वतयारी भएको छ ।उनिहरुले गत वैशाखमै यस्तो योजना बनाएको श्रोतबाट खुल्न आएको छ । सबै कुरा नेकपा विभाजन हुँदा नै मिलेको थियो ।

विकसित घटनाक्रमसँगै पूर्वयोजनाको दृश्य देखिन मात्र बाँकी हो । प्रचण्डले विघटन गरेको भनिसकेको माओवादी केन्द्र ब्युँतिएको छ । यो कुरा उनलाई चित्त बुझेकै छैन, अदालतप्रति बेला बेलामा असन्तुष्टि जनाउने गरेका छन् । माधव नेपाललाई पनि एमाले ब्युँतिएको चित्त बुझेको छैन । उनले पनि यसप्रति असन्तुष्टि पोख्दै आएका छन् ।

नेकपा छँदा ओलीसँग मिलेर संघर्ष गरेका प्रचण्ड र नेपालले मिलेर ओलीलाई पार्टीबाट निष्काशन गरेको निर्णय सम्म गरेका थिए । तर, २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको आदेशले नयाँ घटना विकास गरेको थियो । नेपाल एमालेमै बसेर संघर्ष गर्ने निष्कर्षमा पुगे । एमालेमा त पुगे तर उनको निरन्तर शक्ति क्षय भयो ।

ओलीको पेलाईमा परेर नेपालले गर या मरको अवस्थामा पुगेको सम्म भने । त्यसपछि उनीनिकट सांसदहरुको विद्रोह सुरु भयो । ओलीलाई तल्लो तहदेखि माथिल्लो तहसम्म धक्का दिन थाले । ओली सरकार ढाल्न नेपाल अघि सरे । २६ सांसद लिएर अघि सरेका उनको साथमा अन्तिममा २३ मात्र बाँकी रहे । नेपालमाथि ओलीले कारबाहीको डन्डा चलाए ।

१० जेठमा स्थायी कमिटी बैठक डाकेर माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जना नेतालाई पार्टीबाट निष्काशनको निर्णय भयो । १२ जनामाथि कारबाहीको प्रक्रिया बढाइएको छ । ११ जेठमा माधव नेपालले कम्युनिस्ट पार्टी पुर्नजागरणको अपिल गरे । उनले गोलबन्द हुन समेत भने । नेपालले वृहत कम्युनिस्ट पार्टी गठनको संकेत गरेका छन् ।

त्यसको अग्रिम तयारी भइसकेको छ ।एकीकृत कम्युनिस्ट पार्टी निर्माण गरी ऋषि कट्टेल अध्यक्ष रहेर दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी नै राख्ने पहल पनि भएको छ । चुनावमा प्रचण्ड, माधव नेपालका अलावा नेकपा माले, राष्ट्रिय जनमोर्चालगायत कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन बन्ने रणनीति समेत अहिले देखिनै बनाइएको विश्वस्त स्रोतले बताएको छ । उनीहरु जसरी हुन्छ ओलीलाई एक्लाउने रणनीतिका साथ बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *