न्यायाधीश थर्काउने अधिवक्ता शम्भु थापाको कर्तुत पर्दाफास।। सरकारको विपक्षमा निरन्तर हमला ।।

समाचार समाज

अदालतमा न्यायाधीश थर्काएर मुद्दालाई प्रभावित पार्ने वरिष्ठ अधिवक्ता शम्भु थापाको असलियत महान्यायाधिवक्ता रमेश बडालले बाहिर ल्याएका छन।

पछिल्लो समय अधिवक्ता थापा सरकारविरुद्ध सिलसिलेवार रुपमा बोलिरहेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई क्रस गरेर जान राज्यका विभिन्न निकायलाई उक्साइरहेका छन् ।
यस्तविहीवार सभामुख अग्निप्रसाद सापकोटालाई उनले उक्साएर सरकार र राष्ट्रपतिलाई क्रस गरेर संसद बोलाउन भनेका थिए । सभामुखले कानुनी परामर्शका लागि बोलाएको बैठकमा गएर थापाले क्रस गरेर अगाडि बढ्नुपर्ने राय दिएका हुन ।

एकातिर सभामुखलाई यस्तो सुझाव दिने र अर्कोतिर सभामुखविरुद्धको मुद्दा समेत लड्ने काम थापाले गरेका छन् जुन आचारसंहिता विपरीत हो । महान्यायाधिवक्ताले शुक्रवार संवैधानिक इजलासमा यो बिषय उठाएका थिए । लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले थापालाई कारवाही गर्ने कि नगर्ने निर्णय नेपाल बार एशोसिएसनको हातमा रहेको भन्दै निर्णयका लागि महान्यायाधिवक्तालाई सहमति जनाए ।

थापासहित विपक्षी गठबन्धनका करिब एक दर्जन बढी अधिवक्ताले सभामुखलाई सदन जोगाउन अगाडि बढ्न सुझाएका थिए । एकातिर शेरबहादुर देउवाको विपक्षी गठबन्धनले सभामुखलाई आफ्नो निवेदनमा विपक्षी बनाएको छ भने अर्कोतिर सभामुखलाई अगाडि बढ्नुस् भनेर सुझाव पनि दिएका छन् ।

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बमकुमार श्रेष्ठलाई राखिएकोमा आपत्ति जनाएका थिए । त्यसमाथि महान्यायाधिवक्ताले काउन्टर दिँदै उनीहरुकै नैतिकतामा प्रश्न उठाए । उनीहरुलाई आचारसंहिता लागू हुने भन्दै इजलासमै उनीहरूमाथि कारवाहीको प्रसंग उठ्यो ।

इजलासमा विवाद चलिरहेकै बेला उठेका महान्यायाधिवक्ता रमेश बडालले कानुन व्यवसायी आचारसंहिताविपरीत वरिष्ठ अधिवक्ताहरूले सभामुखलाई कानुनी सल्लाह दिएको बताए । शेरवहादुर देउवा लगायत विघटित प्रतिनिधि सभाका १४६ जना सांसदले दायर गरेको रिटमा सभामुख अग्नि प्रसाद सापकोटालाई पनि विपक्षी बनाइएको छ । रिट निवेदन पक्षका वकिलहरूले विहीवार संसद भवनमा विपक्षीलाई कानुनी सल्लाह दिनु आचारसंहिता विपरीत र कारवाहीयोग्य विषय रहेको बडालले बताए ।

बडालले भने( कानुन व्यवसायी आचारसंहिताले कुनै पनि वकिलले पक्ष र विपक्ष दुवैको पक्षबाट पैरवी गर्न पाउँदैन । उहाँहरू रिट निवेदक पक्षको वकिल भएर आउने र विपक्षी सभामुखलाई कानुनी सल्लाह दिने कुरा आचारसंहिताविपरीत हो । उहाँहरूले हिजो सभामुखलाई के सल्लाह दिनुभयो रु कानुन व्यवसायी आचारसंहिता विपरीत गर्ने कानुन व्यवसायीको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मका कारवाही हुनेतर्फ महान्यायाधिवक्ताले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

महान्यायाधिवक्ता बडाल बोलिरहँदा शम्भु थापा, रमण श्रेष्ठ, टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतका कानुन व्यवसायी संवैधानिक इजलासमा नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ नैतिक रूपमा बस्न नमिल्ने भन्दै आपत्ति जनाइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *