देशमा अनिष्ट काम गरेका ‘माधव नेपालहरुको जिन्दगी देखेर दया लाग्यो’ बिचरा!: प्रधानमन्त्री ओलि।।

राजनीति समाचार

काठमाडौ, ?एमालेबाट निष्कासित नेता माधव नेपाल सहितका नेताहरुको जिन्दगी देखेर देखेर आफूलाई दया लागेको प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बताएका छन् । आइतबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका नेता नेपालको जिन्दगी देखेर दया लाग्ने गरेको बताएका हुन् ।

उनले माधव समूहले देशविरुद्ध ठूलो अनिष्टको काम गरेको दाबी गरे । ‘तिनिहरुको जिन्दगी खेर गएको देखेर दया लाग्छ, त्यस्ता तत्वहरुले अहिले पनि घृणा फैलाउने काम गरिरहेका छन् । तीनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । तीनले देशकाविरुद्ध ठूलो अनिष्टको काम गरेका छन्’, उनले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले नेता नेपालले आफ्ना पार्टीका अध्यक्षविरुद्ध राष्ट्रपतिसमक्ष आफू विरोधमा आएको बताए । उनले आफ्नो सरकारविरुद्ध अविश्वासको पक्षमा लाग्ने, फ्लोर क्रस गरेको भन्दै दलीय अनुशासन र संसदीय प्रणालीविरुद्धमा गएको बताए ।

उनले ‘जब नेतृत्व तहबाट त्यस प्रकारका काम हुन्छन् त्यसलाई गर्वसाथ सम्माननीय राष्ट्रपति समक्ष पुगेर एक जना नेताले म यहाँ छु । म विरोधमा आएको छु भनेछन् । शरम छैन् । माथिबाटै धमिलो बगेपछि तलबाट संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बगाउने काम भएको छ । यो चिन्ताको विषय हो’, भन्दै गम्भीर टिप्पणी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *