भारतले गर्यो अष्ट्रेलियन बलरको धुलाई , बनायो ३४१ रनको बिशाल लक्ष्य

खेलकुद

एजेन्सी । घरेलु टोली भारतले एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई ३४१ को लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४० रन बनायो ।

सहुरास्त्रा क्रिकेट स्टेडियममा भएको खेलमा भारतको फराकिलो लक्ष्यमा शिखर धावनले सर्वाधिक ९६ रनको अर्धशतकीय पारी खेले । ९० बल खेलेका उनले १३ चौका र १ छक्काको सहयोगमा ९६ रन बनाए । भारतका लागि केएल राहुलले ८० रनको अर्धशतकीय पारी खेले भने कप्तान विराट कोहलीले पनि ७८ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै रोहित शर्माले ४२ रन बनाउँदा रविन्द्र जडेजाले २० रन जोडे । बलिङतर्फ अष्ट्रेलियाका लागि अदम जम्पाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रिचर्डशनले दुई विकेट लिए । तीन खेलको सिरिजमा अष्ट्रेलियाले भारतविरुद्ध १–० को अग्रता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *