KP OLI

ओली गुटमा लडाँइ ,दुई शिर्ष नेताहरुको  आन्तरिक लडाई उत्कर्षमा  को  बन्ला भाबी नेता ?

राजनीति समाचार

गुटविहीन पार्टी बनाउने भनेर आफूभन्दा बरिष्ठ नेतालाई कारबाही गरेका प्रधानमन्त्रि केपी शर्मा ओली आफ्नै समुहका नेताहरु बीचको लडाइले आजित भएका छन् ।ओली नेतृत्वको नेकपा एमालेका दुई शिर्ष नेताहरु इश्वर पोखरेल र सुवास नेम्वाङ्गको आन्तरिक लडाई उत्कर्षमा पुगेको छ ।

निवर्तमान उपप्रधानमन्त्रि पोखरेलले आफुलाई प्रधानमन्त्री हुनबाट रोकेको भन्दै नेम्वाङ्ग पनि प्रतिवादात्मक कुटनैतिक जवाफ फर्काएका छन् । नेम्वाङ्गले पोखरेललाई गृहमन्त्री हुनबाट मात्रै रोकेनन् उनि नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको भुमिकाबाटै च्युत गरिदिए ।

गत वर्षको चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा सिसिएमसी गठन गरेको थियो सिसिएमसीको स्टेरिङ कमिटीमा पोखरेलसहित १० जना मन्त्री छन् ।

रामबहादुर थापा बादललाई गृह मन्त्रीको भुमिकाबाट पाखा लगाएर शक्ति सञ्चय गर्ने दाउ ढुकेका उपप्रधानमन्त्रि पोखरेलको योजना असफल जस्तै भएको छ । प्रधानमन्त्रि ओलीले पुर्व प्रधान सेनापति रुकमांगत कुटवाललाई गृेह मन्त्री बनाउदैछन् भन्ने चर्चा चुलिएपछि पोखरेल सशंकित बनेकाछन् ।

लामो समयदेखि भुमिका विहिन बनेका उपप्रधानमन्त्रि पोखरेलको गृह मन्त्रीको पद हडप्ने योजना सफल नहुनुमा नेम्वाङ्गको भुमिका रहेको विश्लेषककहरु बताउँछन् ।

यसैबीच, सत्तारुढ दल एमाले औपचारिक रुपमै विभाजनतिर उन्मुख भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका छन् ।

उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्यो । यी घटनासँगै एमालेमा विभाजनको रेखा कोरिएको हो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा अन्य दलले प्रतिनिधिसभा पुनस्र्थापनाको कानुनी र राजनीतिक लडाइँमा गरेको कार्यगत एकतालाई आगामी निर्वाचनसम्म निरन्तरता दिने भएका हुन् ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्र र स्थानीय तहसम्म नै ओलीविरोधी मोर्चा बनिरहेको र यो पछिसम्म कायम रहने बताए । ‘अहिले हामी माथिदेखि तलसम्म नै कार्यगत एकताका पक्षमा छौं। प्रतिगमनविरुद्ध एकजुट भएका छौं, यसलाई निरन्तरता दिइनेछ’, उनले भने ।

यस्तोमा ओली समूहभित्र पोख्रेल र नेम्वाङबिच टकराव देखा परेको नेताहरू बताउँछन । नेम्वाङ र पोख्रेल दुबै ओली पछि नेतृत्व गर्ने गरि अगाडि बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *