bhim rawal

प्रधानमन्त्री ओलि र भिम रावलको जुहारी शुरु ।। रावलको असन्तुष्टि के मा?

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता भिम रावलले प्रधानमन्त्री ओलीको लम्पसारबादी कुकार्यको तत्काल विरोध गर्न आग्रह गरेका छन् ।

संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि ओलीले बजेट बजेट छुट्याउनु राष्ट्रघाती भएको बताएका छन् ।

नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री ओलीलाई नेता रावलले चेतावनी दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्वीट मार्फत कडा टिप्पणी गर्दै ओलीले अनुमोदन नै नभएको एमसीसीमा बजेट खन्याउनु लम्पसारबादी चिन्तन भएको बताए । प्रधानमन्त्री ओली गलत बाटोमा हिडिरहेको भन्दै उनले कडा टिप्पणी गर्दै आएका छन्।

गलत  चिन्तन र व्यवहारकै परिणाम  भएको बताउँदै देशभक्त नेपालीहरूमा विरोध गर्न आग्रह समेत गरे । दोस्रो पटक पनि प्रतिनिधि सभा विघटन गरेर ओलीले अर्थविद्हरुको आग्रहलाई लत्याउँदै हिजो शनिबार पपुलर बजेट ल्याएका छन् ।

बजेटलाई वितरणमुखी र कम्युनिस्ट घोषणा पत्रको सङ्ज्ञा दिए : पूर्वअर्थमन्त्री डा. रामशरण महत,

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई वितरणमुखी र कम्युनिस्ट घोषणा पत्रको सङ्ज्ञा दिएका छन् । स्कुल डेमोक्रेसी नेपालद्धारा आयोजित ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ?’ बिषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री महतले अहिलेको सरकारले ल्याएको बजेटले जनताको टाउकोमा ॠणको बोझ थप्ने काम गरेको टिप्पणी गरेका हुन् ।

पुँजीगत खर्च बढ्नुपर्ने र बजेट नतिजामुखी हुनुपर्नेमा अहिलेको सरकारले ल्याएको बजेट ठिक त्यसको विपरीत भएको डा. महतको भनाई छ ।

स्कुल डेमोक्रेसी नेपालद्धारा आयोजित करिब ५ सय बढी हरेक तह र तप्काका व्यक्तीहरुको सहभागीता रहेको भर्चुअल अन्तरक्रियामा ओली सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेटको समीक्षामा केन्द्रीत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *