जसपामा अलग भए बाबुराम।।प्रधानमन्त्री ओलिसंग लगातार गोप्य भेट।। उपेन्द्रको बिचल्ली, हेर्नुहोस गोप्य भेटको रहस्यम

राजनीति समाचार

काठमाण्डौ,जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपि शर्मा ओलि लाई गोप्य भेट गरेका छन ।
बाबुरामले पार्टीमा थाहै नदिई प्रधानमन्त्री ओलीसंग भेट गरेको तथ्य बाहिर आएपछि उनिमाथि संका उत्पन्न भएको छ भने जसपामा गम्भीर प्रश्न उठेको हो ।

एमाले नेता महेश बस्नेतले ओलि संग बाबुरामले गोप्य भेट गरेको कुरा बाहिर लिएपछि बाबुराम स्वयंले स्वीका गरेका छन। बस्नेतले प्रधानमन्त्रीसंग नेता बाबुरामले आफुलाई प्रधानमन्त्री बनाइदिन हारगुहार गरेको पनि आरोप लगाए ।

उता जसपा भित्र बाबुरामले प्रधानमन्त्री भेटेको तथ्य बाहिर आएपछि उपेन्द्र यादव छाँगाबाट खसेजस्तै भए । लामो समय देखि उपेन्द्र यादवलाई साथमा लिएर महन्थ ठाकुर र राजेन्द्र महतोविरुद्ध पार्टी अन्तरद्वन्द्व चर्काइरहेका बाबुराम आफू भने उपेन्द्रलाई साईड लागाएर ओलीको शरणमा सत्ताका लागि पुगेको बताईएको छ ।

जसपामा बाबुरामले उपेन्द्रलाई प्रयोग गरेर अन्तरद्वन्द्व चर्काएको चाल पाएपछि उपेन्द्रले आइतवार अध्यक्ष महन्त ठाकुरसंग वार्ता को अपिल गरे र ठाकुरसँग वार्ता गरेका हुन्
वार्तामा अब आफुहरु मिलेर जाने, पार्टीको संयुक्त बैठक राख्ने, बैठक प्रक्रियाबाट अघि बढ्ने सहमति भएको छ ।

लुम्बिनीमा उपेन्द्र यादव समूह एकलौटी रुपमा अघि बढेपछि संसदीय दलमा महन्थ पक्षले राजेन्द्र महतोलाई दलको नेता चुनेर काउन्टर दिएको थियो । दलको नेता चुनिएपछि यादवले पार्टीको विवाद समाधानका लागि महन्थसँग वार्ताको प्रस्ताव गरेर आइतवार भेट भएको हो ।

पार्टीभित्र जानकारी नै नगराई बाबुराम बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग एक्लै वार्ता गर्दै राष्ट्रिय सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउन हारगुहार गरेपछी शीर्ष नेताहरु सशंकित हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *