ramsharan

 ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई वितरणमुखी र कम्युनिस्ट घोषणा पत्रको सङ्ज्ञा दिए : पूर्वअर्थमन्त्री डा. रामशरण महत

राजनीति समाचार

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई वितरणमुखी र कम्युनिस्ट घोषणा पत्रको सङ्ज्ञा दिएका छन् । स्कुल डेमोक्रेसी नेपालद्धारा आयोजित ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ?’ बिषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री महतले अहिलेको सरकारले ल्याएको बजेटले जनताको टाउकोमा ॠणको बोझ थप्ने काम गरेको टिप्पणी गरेका हुन् ।

पुँजीगत खर्च बढ्नुपर्ने र बजेट नतिजामुखी हुनुपर्नेमा अहिलेको सरकारले ल्याएको बजेट ठिक त्यसको विपरीत भएको डा. महतको भनाई छ ।

स्कुल डेमोक्रेसी नेपालद्धारा आयोजित करिब ५ सय बढी हरेक तह र तप्काका व्यक्तीहरुको सहभागीता रहेको भर्चुअल अन्तरक्रियामा ओली सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेटको समीक्षामा केन्द्रीत थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बजेटको समान वितरण नभएको र विशेषतः स्रोतको सुनिश्चितता नगरीकन सामाजिक सुरक्षाभत्ता बढाएको विषयले मुलुकलाई दीर्घकालीन असर पार्ने र निकट भविष्यमा देश ऋणको भारले उठ्न नसक्ने गरी थिचिने भनाई राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, डा. जगदिशचन्द्र पोखरेल, प्रा.डा. गोबिन्दराज पोखरेल, ले काम चलाउ सरकारले करको दरलाई घढबढ गर्ने, हेरफेर गर्ने दीर्घकालिन दायित्व बढाउने खालका कार्यक्रम ल्याएको प्रति असन्तुष्टि जनाए । राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरञ्जीवी नेपालले वर्तमान सरकारले ल्याएको बजेटको स्वामीत्वमाथि नै प्रश्न उठेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दैँ नेपाल उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अहिलेको बजेटले महामारीलाई सम्बोधन गरेको तर बजेट ल्याउनु अगावै उद्योग वाणिज्य संघले दिएको नीतिगत लगायत सुझावको जति सम्बोधन हुनुपर्ने त्यो नभएको बताए । त्यसैगरी त्रिवि विश्वविद्यालयका डिन डा. कुसुम शाक्यले गतविगत जस्तै वर्तमान सरकारले ल्याएको बजेटपनि पपुलिष्ट भएको र कार्यान्वयन गर्ने स्पष्ट आधार पनि नदेखिएको टिप्पणी गरिन् ।

उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगको पूर्व सदस्य एवं कर विशेषयज्ञ शुदर्शन पाण्डेले हरेक क्षेत्रलाई दिइने कर छुटबारे बजेटमा पूर्णतया वेवास्ता गरिएको टिप्पणी गरे । अर्थविद डा. विश्व पौडेलले कम आयस्रोतका भएका व्यक्तीहरुलाई बजेटले ध्यान नदिएको र पूर्ननिर्माणका लागि समेत बजेट विनियोजन नगरिएको भनाई थियो ।

कार्यक्रममा बोल्दैँ स्कुल अफ डेमोक्रेसी नेपालका अध्यक्ष नैनसिंह महरले देश र जनतालाई जमानी र धरौटी राखेर ऋणबाट लिइएको बजेटले सरकारले फेरि पनि नेता, कार्यकर्ता पोस्ने काम गर्ने र निर्बाचनको फाइदाका लागि ब्रह्मलुट गर्ने भन्दैँ रोस प्रकट गरेका थिए । नेता महरले समाजका हरेक बिषयवस्तुमा स्कुल अफ डेमोक्रेसीले अन्तरक्रिया निरन्तर गर्दै अगाडी बढ्ने उद्घोष समेत गरे ।

कार्यक्रमको सहजीकरण नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र पूर्व सदस्य पदम भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *