विपक्षी गठबन्धन सरकारसँग सिधा भीडन्तमा उत्रिँदै, राज्यका निकायसँग यस्तो अपिल

राजनीति समाचार

जेठ १६, काठमाडौं
विपक्षी गठबन्धन सरकारविरुद्ध सिधा भीडन्तमा उत्रिन थालेको छ । गठबन्धनको आइतबार बसेको बैठकले सरकार संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीम नसघाउन राज्यका सबै निकायलाई आग्रह गरेको छ ।

आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।

विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनैपनि काम कारबाही नगर्न सरकारलाई चेतावनी दिँदै त्यस्ता गतिविधि र निर्णयमा सहयोग नगर्न राज्यका अंगका कर्मचारीलाई यस्तो आग्रह गरेको हो । ‘ रकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएको र यसपटक पनि संरक्षण हुनेमा गठबन्धनले विश्वस्त व्यक्त गरेको छ । संविधान र लोकतन्त्रको पक्षमा एकतावद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा गठबन्धनले अपिल गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेमतोमा यही जेठ ७ गते मध्यरातमा संसद गरेर दुई चरणमा मध्यावधि चुनाव घोषणा गरेका थिए । जसको चौतर्फी विरोध भइरहेको छ । तत्कालीन संसदका विपक्षी दलहरुले विघटनविरुद्ध राजनीतिक र कानूनी लडाँइ लड्ने घोषणा गरिसकेका छन् ।

विघटनको निर्णय बदरको गर्न माग गर्दै संसदका १४६ जना सांसदले राष्ट्रपति भण्डारी र प्रम ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । आज दोस्रो दिन उक्त मुद्दामा सुनुवाइ सर्वोच्चमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *