ओलिद्वारा एमालेका थप १२ नेता निष्काशित हुँदै।। देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको खुलासा।। हेर्नुहोस (नाम सहित)

राजनीति समाचार

काठमाडौं, १६ जेठ ।
पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित १२ नेतालाई पार्टीबाट निष्काशित गरिसकेको नेकपा एमालेले फेरि १२ नेता लाई निष्कासन गर्ने तयारी गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले विघटित प्रतिनिधि सभाका १२ सांसदमाथि निष्काशन गर्ने भएको हो ।स्थायी कमिटीले यसअघि नै १२ जनालाई स्पष्टिकरण सोधेको थियो ।
स्पष्टिकरण सोधिएकामा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपमहासचिव घनश्याम भुसाल, महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेसहित प्रत्यक्षतफै निर्वाचित सांसदहरु छन् ।
निष्कासनको तयारीमा रहेका १२ नेताले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा लेखिएको दाबीपत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध रिट पनि दायर गरेका छन् ।एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको निर्णयका लागि बैठक बोलाएको बुझिएको छ ।
हेर्नुहोस निष्कासनको सुचिमा परेका नेताहरुको नामावली।
१. घनश्याम भुसाल
२. सुरेन्द्र पाण्डे
३. भवानी खापुङ
४. यज्ञराज सुनुवार
५. विरोध खतिवडा
६. जीवनराम श्रेष्ठ
७. कृष्णलाल महर्जन
८. सोमप्रसाद पाण्डे
९. मेटमणि चौधरी
१०. झपट रावल
११. दिपकप्रकाश भट्ट
१२. नारायण खतिवडा

यो पनि पढ्नुहोस……..
स्व.रवीन्द्र अधिकारीको नामसंग योगेश असन्तुष्टि।। आखिर किन?पूरा हेर्नुहोस ।।
१६ जेठ, काठमाडौं । सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल राख्ने सरकारको घोषण प्रती योगेश भट्टराईले असन्तुष्ट प्रतिक्रिया दिएका छन ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् ताप्लेजुङको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल राख्ने घोषणा गरेपछि नेकपा एमालेका नेता भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।

बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *