संकटमा रहेका प्रधानमन्त्री ओलीका दुवै हातमा लड्डु, यस्तो छ योजना

राजनीति समाचार

१६ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीका दुवै हातमा लड्डु भएको टिप्पणी राप्रपाका अध्यक्ष कमल थापाले गरेका छन् । अध्यक्ष थापाले संसद् पूनःस्थापना भए पनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लागेका उग्र विरोधीहरु चुनावमा गएपनि हार्ने निश्चित नै देखिएका बेला संसद फेरि पूनःस्थापना भएपनि ओली नै प्रधानमन्त्री हुने कुरा आएको हो ।

अध्यक्ष थापाले आफूहरुले सुरुदेखि नै चुनाव नै अहिलेको संकट समाधानको उपयुक्त विकल्प भएको कुरा पनि उल्लेख गरेका छन् । तर, आफूले यसो भन्दा कतिपयले प्रधानमन्त्री ओलीको पक्ष लिएको भनेर टिप्पणी गरेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, “चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा २एः(ल्भउब िको पक्ष लियो भन्छन। तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुनस्ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ” संकटमा रहेका प्रधानमन्त्री ओलीका दुवै हातमा लड्डु, यस्तो छ योजना

प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । अस्ति शुक्रवार पहिलो सुनुवाइ भएका मुद्दाहरुमा बहस नसकिएकाले आज फेरि बहस हुन लागेको हो । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् ।

अस्ति शुक्रबारको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको संवैधानिक​ इजलासबारे अधिवक्ताले प्रश्न उठाएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई विघटन गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएकाले न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राख्न नहुने अधिवक्ताहरुको भनाइ थियो । प्रधानन्यायाधीश राणाले भने हरेक न्यायाधीशबारे प्रश्न नगर्न आग्रह गर्नुभएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने, प्रतिनिधि सभा विघटन गर्नुपर्नेलगायत माग राखेर विपक्षी गठबन्धनले रिट निवेदन दायर गरेका थिए । विपक्षी गठबन्धनको तर्फबाट १४६ सांसद नै सर्वोच्च अदालतमा उपस्थित भएर रिट निवेदन दायर भएको हो । यस्तै सर्वोच्च अदालतमा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्न पनि माग गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *