जसपा

जसपा ,अध्यक्ष बाबुराम भट्टराईलाई आफ्नै गतिविधीले झड्का

राजनीति समाचार

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई आफ्नै गतिविधीले झड्का लाग्ने देखिएको छ । बाबुरामले पार्टीमा थाहै नदिई प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईपटक भेटेको तथ्य बाहिर आएपछि जसपामा गम्भीर प्रश्न उठेको हो । एमाले नेता महेश बस्नेतले खुलासा गरेपछि भेटेको तथ्य बाबुराम स्वयंले स्वीकारे ।

बस्नेतले प्रधानमन्त्री बनाइदिन हारगुहार गरेको पनि खुलासा गरे ।बाबुरामले प्रधानमन्त्री भेटेको तथ्य बाहिर आएपछि उपेन्द्र यादव छाँगाबाट खसेजस्तै भए । पार्टी महन्थ ठाकुर र राजेन्द्र महतोविरुद्ध उपेन्द्रलाई उचालेर अन्तरद्वन्द्व चर्काइरहेका बाबुराम आफू भने ओलीको शरणमा सत्ताका लागि पुगेका थिए ।बाबुरामको यो चाला बाहिर आएपछि उपेन्द्र सतर्क भए ।

उनले अध्यक्ष महन्थ ठाकुरसँग वार्ताको निर्णय गरे । जसरी एमालेमा प्रचण्डले कुरा लगाएर माधव नेपालले अन्तरसंघर्ष चर्काए । त्यसैगरी जसपामा बाबुरामले उपेन्द्रलाई कुरा लगाएर अन्तरद्वन्द्व चर्काएको चाल पाएपछि उपेन्द्रले आइतवार अध्यक्ष ठाकुरसँग वार्ता गरेका हुन् । एमालेमा अध्यक्ष ओलीले माधव नेपालसँग वार्ता गरेर पार्टी एकबद्ध बनाएजस्तै उपेन्द्र पनि ठाकुरसँग मिलेर पार्टी एकताबद्ध बनाउने निष्कर्षमा पुगे ।

फलस्वरुप आइतवार भएको छलफलमा मिलेर जाने, पार्टीको संयुक्त बैठक राख्ने, बैठक प्रक्रियाबाट अघि बढ्ने सहमति भयो । लुम्बिनीमा उपेन्द्र यादव समूह एकलौटी रुपमा अघि बढेपछि संसदीय दलमा महन्थ पक्षले राजेन्द्र महतोलाई दलको नेता चुनेर काउन्टर दिएको थियो । दलको नेता चुनिएपछि यादवले पार्टीको विवाद समाधानका लागि महन्थसँग वार्ताको प्रस्ताव गरेर आइतवार भेट भएको हो ।

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिहाक राईका अनुसार अध्यक्षद्वयबीच पार्टीलाई एकढिक्का बनाएर आधिकारिक लाइनअनुसार अघि बढ्न सहमति जुटेको छ ।

दुई अध्यक्षको बैठकमा नेकपा एमालेमा अध्यक्ष केपी ओलीविरुद्ध प्रचण्डले माधव नेपाललाई कुरा लगाउँदा समस्या भएको र जसपाको पनि त्यस्तो अवस्था हुनसक्ने भन्दै वार्ता गरेर अगाडि बढ्दा त्यस्ता भ्रम क्लियर हुने समझदारी पनि भएको छ । दुबै अध्यक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कुरा लगाउने गरेको निष्कर्ष निकालेको एक नेताले बताए ।
यसअघि एमालेमा प्रचण्डको बहकाउमा चल्दै आएका माधव नेपाल ओलीसँगको वार्तापछि क्लियर भएका छन् । उनी अहिले ओलीसँग कन्भिन्स भएका छन् । अहिले ओली र नेपालबिच भ्रम क्लियर भइसकेको भन्दै त्यसैगरी आफूहरु पनि मिलेर अघि बढ्नुपर्ने उनीहरुको निष्कर्ष थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *