प्रधानमन्त्री ओलि र कमल थापा बिच खासखुस।। हिन्दुराज्य नेपाल र राजतन्त्र पुनःस्थापन बारे गोप्य वार्ता।।

राजनीति

प्रधानमन्त्री केपि शर्मा ओलि र राप्रपाका अध्यक्ष कमल थापाबिच गोप्य भेट भएको छ । जेठ १० गते बिहान बालुवाटार पुगेका थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता भयो जुनबेला ओलीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर सवत्र बिरोधको पात्र बनेका थिए ।

विघटित प्रतिनिधिसभामा जम्मा एक सिट रहेको राप्रपा
र ओलि पार्टीगत सिद्धान्तका आधारमा धेरै भिन्न छन तर व्यक्तिगत निकटता एकदमै सुमधुर छ ।

विगतमा सत्ता सहकार्यदेखि लिएर चुनावी गठबन्धनका साथ विभिन्न मुद्दामा सहकार्य गर्दै आएका उनिहरुले यसपटक पनि गोप्य रुपमा भेट गरेर केही खास वार्ता गरेको हुन सक्ने अनुमान गरिएको छ ।
पार्टीमा बृहद छलफल नगरी एमालेलाई सघाएको भन्दै राप्रपाको कार्यकर्ता तहबाट समेत बिरोध खेपेका थापाले यसपटक भने मौका मा चौका हान्दै ओलि संग राजसस्था पुनःस्थापन र हिन्दुराज्य नेपालको योजना गरेको हुन सक्ने अधिकांसको अनुमान छ तर ओलि भने गणतन्त्रको विकल्प नभएको भाषण दिईरहेका छन ।

यो पनि पढ्नुहोस…………….
सभामुख सापकोटा माथि ओलिको एक्सन शुरु ।। सापकोटा बिरुद्धको मुद्दा सर्वोच्चमा।।

प्रधानमन्त्री के पि शर्मा ओलि र सभामुख अग्नि प्रसाद सापकोटा दुई धुर्व देखिएपछि यतिबेला सरकारको तालमेल खासै नमिलेको राजनीतिक विशेषज्ञ हरुको भनाई छ ।

सरकारलाई गतिशील रुपमा चलाउन प्रधानमन्त्री र सभामुखको उत्तिकै भुमिका रहन्छ । तर ओलिले संसद बिगठन गरेपछी सभामुखले असम्वैधानिक भएको प्रतिक्रिया दिएका छन । तसर्थ अब ओलिले सभामुखलाई लक्षित गर्दै केही नयाँ कदमहरु चाल्न सक्ने देखिएको छ ।
यदि ओलिको एक्सन शुरु भयो भने सापकोटा विरुद्ध सर्वोच्चमा विचाराधिन रहेको मुद्दालाई दवाव पर्ने संकेत छ ।
सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *