रबि लामिछानेले कानुन बिपरित ३१ लाख रकम लिएको आरोप।। आखिर किन लिए? हेर्नुहोस सत्यकुरा।।

समाचार समाज

काठमाडौ,
चर्चित पत्रकार रबिलामिछाने फेरि विवादमा आएका छन ।
ठेलामा आएको बिरामिलाई जनमैत्री अस्पताल बाहिर बाट फर्काएको आरोप सेलाउन नपाउदै फेरि उनी द्वारा सञ्चालित रबि फाउन्डेसनले रु ३१ लाख करिब रकम उठाएको रसिद फेला परेको छ ।
उनको संस्थाले किन यति धेरै रकम संकलन गर्‍यो त्यो पनि सरकारलाई कुनै कर नभुझाई भनेर उनका सबै सुभचिन्तकहरुलले जिज्ञासा् राखेका छन ।
आखिर वास्तविकता उक्त रकम आफुले संकलन गरेको र सबै रकम गरिब जनताको सहयोगमा खर्च गरेको उनी आफैले स्वीकार गरेका छन् ।
उनले भनेका छन हो मैले उठाएको हो रकम तर मैले आफुले हिनामिना गरेको छैन सबै पैसा रास्कोट आस्पताल निर्माण, जनमैत्री अस्पतालमा सहयोग, गरिब कोरोना बिरामिको निशुल्क उपचार लगाएतमा उक्त रकम प्रयोग गरेको बताएका छन् । उनले भने ‘यदि म बाट १ रुपैयाँ रकम पनि हिनामिना भएको प्रमाण ल्याउनु भो भने फासीको सजाय भोग्न तयार छु । ‘
बाहिर जति आलोचना भएपनि उनलाई गिराउने खेललाई जित्दै कत्तिपनी बिचलित नबनेर पत्रकार रबिको टिम यो कोरोनाको विषम परिस्थितिमा सहयोगी हात बनेर रातदिन लागिरहेको छ ।
यो पनि पढ्नुहोस………..
नेपालमा राजसंस्था र हिन्दुराज्य हुनुपर्ने राप्रपाका अध्यक्ष जबराको टिप्पणी।। धर्म सस्कृती माथीको प्रहार सहेर नबस्ने चेतावनी ।।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले नेपाल अब हिन्दुराज्य हुनु पर्ने र शाहवंशीय राजसंस्था पुनःस्थापन हुनुपने बताएका छन । गणतन्त्र नेपालले जनतामा निराशा पैदा गरेको र सडकमा राजाको माग बढ्दो क्रममा रहेको दावी समेत गरेका छन् ।

राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना बोल्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्र नै हुनुपर्ने तर्क गरे।पार्टी स्थापना दिवसको अवसरमा उनले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई शुभकामना व्यक्त गर्दै विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको प्रती चिन्ता प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *