धोनी फ्यानको लागि आयो खुसिको खबर ! लामो समयपछि अभ्यासमा फर्किए धोनी

खेलकुद

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)को सम्झौताबाट हटाइएसँगै पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी बिहीबार झारखण्ड रणजी टिमसँग अभ्यासमा देखिएका छन् । झारखण्ड टिम प्रबन्धन सूत्रका अनुसार उनीहरुलाई पनि धोनी आफूहरुसँग खेल्न आउनेबारे थाहा थिएन ।

झारखण्ड टिमले धोनीलाई देख्दा खुसी लागेको बताएको छ । धोनीले नेटमा केही समय ब्याटिङ गरे । उनको यो कदमबाट उनी आइपिएलको तयारीमा जुटेको अनुमान गरिएको छ । धोनीले नियमित रुपमा झारखण्ड टिमसँग अभ्यास गर्ने अपेक्षा गरिएको छ ।

कैयौं मिडिया रिपोर्टमा धोनी रणजी ट्रफीको यो सिजनमा झारखण्डको तर्फबाट खेल्ने पनि दावी गरिएको छ । भारतीय टिमका कोच रवि शास्त्रीले धोनीले छिटै एकदिवसीयबाट पनि सन्यास लिन सक्ने  बताएका छन् ।

शास्त्रीले धोनी टि–२० को लागि भने उपलब्ध रहने बताएका थिए । धोनी आइपिएलमा भने खेल्ने लगभग निश्चित छ । त्यसपछि धोनी टिममा फर्कने वा नफर्कने निर्णय हुने शास्त्रीले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *