बृद्ध-बृद्धाको सबै भोट ओलिको खल्तिमा।। सरकारले वृद्धभत्ता ह्वात्तै बढायो, सामाजिक सुरक्षा भत्ता ३३% दिने।

राजनीति समाचार

सरकारले ज्येष्ठ नागरिक (बृद्ध भत्ता) बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

अर्थमन्त्री पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले शुरु गरेको वृद्धभत्तालाई एमालेले त्यसयता निरन्तर आफ्नो भोट राजनीतिका रुपमा उपयोग गरिरहेको थियो । एमाले र माओवादी केन्द्रबीचको एकतापछि जारी भएको चुनावी घोषणा पत्रमा वृद्धभत्ता ५ हजार पु¥याउने उल्लेख थियो । सोही अनुसार सरकारले वृद्धभत्ता बढाएको हो ।

सांसद विकास कोष सरकारले खारेज गरेको छ,

काठमाडौं। निकै विवादित हुँदै आएको सांसद विकास कोष सरकारले खारेज गरेको छ। शनिबार सार्वजनिक आगामी वर्षको बजेटमार्फत सो कोष खारेज गरिएको हो। अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरिएको जानकारी दिए।

हुन त प्रतिनिधिसभा नरहेकाले सरकारलाई यो कोष खारेज गर्न सहज भएको हो। यसअघि पटक पटक यो कोष खारेज गर्न सुझाव दिइए पनि सांसदहरुको दबाबका कारण यो कोषलाई निरन्तरता दिइने गरिएको थियो।

सांसद विकास कोषको रकम नेताहरुले आफ्ना कार्यकर्तालाई पोस्न खर्च गरेको भन्दै यो कार्यक्रमको निकै आलोचना हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *