सहेर नबस्ने चेतावनी ।।

नेपालमा राजसंस्था र हिन्दुराज्य हुनुपर्ने राप्रपाका अध्यक्ष जबराको टिप्पणी।। प्रहार सहेर नबस्ने चेतावनी ।।

राजनीति समाचार
काठमाडौँ |  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले नेपाल अब हिन्दुराज्य हुनु पर्ने र शाहवंशीय राजसंस्था पुनःस्थापन हुनुपने बताएका छन । गणतन्त्र नेपालले जनतामा निराशा पैदा गरेको र सडकमा राजाको माग बढ्दो क्रममा रहेको दावी समेत गरेका छन् । राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना बोल्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्र नै हुनुपर्ने तर्क गरे।
पार्टी स्थापना दिवसको अवसरमा उनले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई शुभकामना व्यक्त गर्दै विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको प्रती चिन्ता प्रकट गरेका छन् । यसैगरी राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले लम्पसारवादलाई स्विकार गर्न नसक्ने बताएका छन् । उनले जातियता र क्षेत्रवादमा विश्वास नराख्ने भन्दै कुनै पनि धर्मको अनादर नगर्ने बरु सबैको सम्मान गर्दै आएको बताए । तर आफ्नो धर्म र संस्कृति माथिको प्रहार लाई कदापी स्वीकार गर्न नसकिने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस…….
‘म दलको राजा होइन, जनताको राजा थिए र पुनः जनताकै राजा बन्छु’ : पुर्वराजा ज्ञानेन्द्र ।  नेपालको पछिल्लो राजनितिक घटनाक्रमलाई नजिक बाट नियालिरहेका पुर्वराजा ज्ञानेन्द्र शाहले आफुलाई कुनै दलहरूले राजा नबनाएको र जनताले चाहे फेरि जनताकै राजा बन्ने प्रतिक्रिया दिएका छन ।
निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रले दिएको यस्तो अभिव्यक्ति सुनेर राजावादीहरु हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् । कमल थापाले नेतृत्व गरिरहेको राप्रपा राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि राजतन्त्र पुनःस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणा लगायतका व्यक्तिहरू खुलेर अघि बढेका पाइन्छन् । गत शुक्रबार धवल समशेरहरूसँगको भेटमा ज्ञानेन्द्रद्वारा आफूलाई दलहरूले राजा नबनाएको धारणाप्रति भने नेताहरूले कडा प्रतिक्रिया जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *