४८ बर्षिय प्रबिन ताम्बलाई आईपिएल खेल्न बिसिसीआईले लगायो रोक , यस्तो छ कारण

खेलकुद

एजेन्सी । भेट्रान स्पिनर प्रविन ताम्बे भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) खेल नपाउने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नियम पालना नगरेपछि ताम्बे आईपीएलका लागि नपाउने भएका हुन् ।

ताम्बेले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा नगरी टी–१० लिग खेल्दै बीसीसीआईको नियम उलंघन गरेको आईपीएलका अध्यक्ष ब्रिजेस पटेलले बताएका छन् । बीसीसीआईको नियम अनुसार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास नलिएका खेलाडीले अन्य विदेशी फ्रेन्चाइज लिग अनुमतिबिना खेल्न पाउँदैनन् ।

४८ वर्षे ताम्बे आउने सिजनको आईपीएलमा सर्वाधिक उमेरका खेलाडी रहेका थिए । उनलाई अक्सनमा कलकत्ता नाइट राइडर्सले भारु २० लाखमा अनुबन्ध गरेको थियो ।

ताम्बेले आईपीएलमा सन् २०१३ देखि २०१६ सम्म ३३ आईपीएलका खेल खेलेका छन् । उनले तीन फरक टिम राजस्थान रोयल्स, गुजरात लायन्स र सनराइजर्स हैदराबादबाट आईपीएल खेलका छन् । ताम्बेले ३३ खेलमा २८ विकेट लिन सफल छन् ।

पुलिस फाइनलमा

नेपाल पुलिस क्लब मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा पुलिसले आर्मीको सामना गर्नेछ । इनरुवामा बिहीबार भएको खेलमा नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९ ओभरमा अलआउट हुँदै २२९ रन जोड्यो । २३० रनको विजयी लक्ष्यका साथ ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेश ३३ ओभर ४ बलमा अलआउट हुँदै १३० रनमा समेटिएको थियो ।

उसका लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन जोडे । उनले ४६ बलको सामना गर्दै २ चौका र ३ छक्का प्रहार गरे । ओपन गजेन्द्र बोहरलाले १२ र खड्क बोहराले १४ रन जोडे । आकास चन्दले २३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्नेक्रममा पुलिसका सागर ढकालले ६ ओभर ४ बल बलिङ गर्दै ९ रन खर्चेर ५ विकेट लिए । पवन सरार्फले ३, ललित भण्डारी र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए ।

यसअघि पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ७६ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गर्दै ६८ रन जोडे । ललित भण्डारीले ४० बलको सामना गर्दै २ चौका र ४ छक्का प्रहार गर्दे ४० रन जोडे । अनिल साहले ३१ रन जोडे । योगेन्द्रसिंह कार्कीले ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे । कशुल भुर्तेलले १७ रनको योगदान दिएका थिए । सुदूरपश्चिमका शेर मल्ल, विनोद लामा, आकाश चन्दले समान ३÷३ विकेट लिए । सन्तोष भट्टले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *